वाङमय प्रज्ञा प्रतिष्ठान,पाल्पाकाअध्यक्ष गोपालप्रसाद वश्यालले आफ्नापिता गुणाखर वश्याल र माता यमकला वश्यालको चौरासी पुजाकादिनआफ्नाअंग्रेजीभाषामा लेखिएकाकविताहरूको सँगालो द जर्नी एण्ड अदर पोएम्स्को बिमोचन गर्नुभएको छ ।

यही कार्तिक १ गतेकादिनआमाबुबाको चौरासीमा उपस्थित पाहुनाहरूका विच कृतिकारका बुबाआमा, लुम्बिनीप्रदेश सभासद वीरबहादुर राना, रम्भागाउँपालिकाअध्यक्ष विष्णु भण्डारी,त्रिभुवनबहुमुखीक्याम्पसकाक्याम्पस प्रमुख टंक भट्टराई, जिल्ला समन्वय समितिपाल्पाका सदस्य केशवराज खरालसहितले कृतिको बिमोचन गर्नुभएको हो ।
कृतिकोबिमोचनगर्दै साँसद राना, अध्यक्ष भण्डारी र प्रमुख भट्टराईले साहित्यकार वश्यालले शिक्षा र साहित्यका क्षेत्रमा गरेको योगदान र नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै उहाँजस्ता सर्जकले समाजलाई असल बाटोमा लैजान मद्दत गरेको बताउनु भयो ।
नेपाली तथा अंग्रेजी दुवै भाषामा साहित्य रचनागर्ने कवि वश्यालले यस कृतिमाविभिन्न समयमा लेखिएका २७ वटा कविताहरू समावेश गर्नु भएको छ । यीकवितामामूलतःमानवीय समवेदना, सामाजिक सन्देश, राष्ट्रप्रेम, पेशाप्रतिको सम्मान र सामाजिक एवम् राजनीतिक विकृतिहरूमाथि व्यंग्यात्मकप्रहार रहेको स्रष्टा वश्यालले बताउनु भयो ।
पंडितहरूले स्वस्तिवाचन गरेर सुरू गरिएको कृति बिमोचन कार्यक्रमको सञ्चालन पोखराथोक साहित्य संगमकापूर्व अध्यक्ष हरिप्रसाद भट्टराईले गर्नुभएको थियो ।





















