दयाराज न्यौपाने
पाल्पा २१ कार्तिक -बगनासकाली गाउँपालिका ८ बराङदी निवासी स्व शालिकराम बस्यालको स्मृतिमा दुइ विद्यालयमा ४० हजारको अक्षयकोष स्थापना गरीएको छ । बस्यालको ४५ औँ दिनको पुन्यतिथिको अवसरमा एक कार्यक्रमका विच स्व शालिकराम बस्यालकी धर्मपत्नी खिमादेवी बस्याल एवम् छोराहरू दिनेश बस्याल,अशोक बस्याल,सुरेन्द्र बस्याल र बरुण बस्यालले अक्षयकोषको स्थापना गर्नुभएको हो ।

बराङ्दीमा रहेको वेद मा.वि र कालीगण्डकी बोडिङ स्कुलमा २०—२० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको छोरा बरुण बस्यालले बताउनु भयो ।

शैक्षिक उन्नयन र विद्यार्थीलाई हौसला प्रदान गर्ने उद्देश्यले बुवाको सम्झनामा अक्षयकोष स्थापना गरिएको बरुण बस्यालको बताउनुभयो ।
बराङदीमा अवस्थित कालीगण्डकी बोडिङ स्कुलका शिक्षक तथा वेद माध्यमिक विद्यालयका पूर्व विद्यार्थी एवम् शैक्षिक व्यक्तित्व शालिकराम बस्यालको ५२ वर्षको उमेरमा गत असोज ७ गते निधन भएको थियो ।





















