दयाराज न्यौपाने
पाल्पा २१ कार्तिक ÷ वेद माध्यमिक विधालयमा १ दिने अभिभावक शिक्षा तथा स्काउट अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।


बगनासकाली गाउँपालिकाको सहयोग र स्थानीय स्काउट समितिको आयोजनामा कार्यक्रम गरिएको हो।शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्यले १० वटा माध्यमिक विधालयमा कार्यक्रम सुरु गरिएको शिक्षा शाखा प्रमुख गुनाराम खनालले बताउनु भयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले विधालयमा अध्ययन गर्ने बिद्यार्थी र शिक्षकलाई एकै ठाउँमा राखेर शिक्षाको सुधारका लागि कार्यक्रम गरिएको बताउनु भयो ।

 


कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद बस्यालले बिद्यार्थीहरुको शैक्षिक विकासमा गाउँपालिकाले गरेको अभियान स्रहानीय रहेको उल्लेख गर्नु भएको छ । उहाँले बाल बालिकाहरुलाइ कसरी अध्यनशील बनाउन सकिन्छ,उनीहरुको आवस्यकता केहो भन्ने भावनाका साथ कार्यक्रम संचालन गरेकोमा आभार समेत व्यक्त गर्नुभएको थियो । उहाँले स्काउट गतिबिधिले बिद्यार्थीमा अनुशासनको पालना गराउन समेत टेवा पुग्ने बताउनु भएको छ ।बगनासकाली गाउँपालिका स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपानेले बिद्यार्थीहरुको विकासका लागि स्काउट शिक्षालाइ पहिलो चरणमा १०वडा माध्यमिक विधालय स्काउट संचालन गरिने बताउदै हाल सम्म ६ वटा मा.विमा सम्पन गरिएको बताउनु भयो । विद्यालका प्रधानाध्यापक टुनवीर रेश्मीले बिद्यार्थीहरुमा कार्यक्रमले सकरात्मक प्रभाव पार्ने विस्वास व्यक्त गर्नु भयो ।


६ कक्षा देखि १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु सहित शिक्षकहरु सहभागी रहेको कार्यक्रममा स्काउट शिक्षाका विषयमा स्काउट प्रशिक्षक नेत्र गैरेले सहजीकरण गर्नु भएको थियो । बिद्यार्थीहरुको सहज सिकाइका विषयमा बालमैत्री फोकल प्रशन नारायण तिमिल्सिनाले सहजीकरण गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0