दयाराज न्यौपाने
पाल्पा कार्तिक २२÷आदर्श कपको दोश्रो संस्करणको उपाधि गल्याङ् २ इलुङ्गाले हात पारेको छ ।
नेपालीहरुको दोश्रो ठुलो पर्व तिहारको पावन अवसर पारेर आदर्श युवा क्लब कालीगण्डकी ५ बेल्टारी स्याङ्जाले बेलटारी खेलमैदान दोश्रो आदर्श कप खुला वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।

२८ टीम सहभागी भएको खेलमा आदर्श युवा क्लब ‘ए’ लाइ ३ विकेटले पराजित गदै गल्याङ २ इलुङ्गाले उपाधी जितेको हो । टस जितेर पहिलो व्याटिङ गरेको आयोजक आदर्श युवा क्लब ‘ए’ले १५ ओभरमा सबै विकेटको क्षतिमा १ सय १७ रन बनाउन सक्यो । उस्कालागि कमल खलालले १८बलमा २८ रनको परि खेले भने सन्जीत बराल १७ बलमा २७ रन कप्तान सन्जय पाण्डेले १४ रन जोडेपनि अन्य व्याटस् म्यानले रन जोड्न नसक्दा मध्यम स्कोरमा रोकिन पुगेको हो । गल्याङ २ का लागि राकेश गाहाले हेट्रिक सहित ५ विकेट लिए भने, कप्तान ठगेन्द्र थापा २ सन्दीप खत्री सन्दीप न्यौपाने समान १—१ विकेट लिए ।


१ सय १८ रनको मध्यम लक्ष्य पछाएको गल्याङ १५.३ ओभरमा ७ विकेट क्षतिमा प्रतिस्प्रधात्मक जित निकाल्यो । उस्का लागि कप्तान ठगेन्द्र थापाले १७ बलमा २९ रनको महत्वपूर्ण योगदान गरे भने प्रकाश न्यौपाने २० बलमा २७ रन र राकेश गाहाँले १९ बलमा १४ रनको योगदान गरे । आदर्श ‘ए’ का लागि कमल खनाले ३विकेट बिराट तिवारीले २ विकेट, बसन्त न्यौपाने,किसोर न्यौपाने र रामु न्यौपानेले समान १—१ विकेट लिए ।
उक्त खेलमा २९ रन र २ विकेट सहित अल्राउड प्रर्दशन गरेका गल्याङ २ का कप्तान ठगेन्द्र थापा म्यान दि म्याच घोषित भए । भने प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका गल्याङका सन्दीप खत्री बेष्ट ब्याड्स म्यान भए भने आदर्शका कमल खनाल बेष्ट बोलिङ र म्यान अफ द सिरिज दुबै हात पारे उनले नगद ५ हजार मेडल र प्रमाण पत्र,हात पारे । उनले प्रतियोगिता भर १५ विकेट हात पारेका थिए भने, फेयर प्ले टिम गल्याङ १ मालुङ्गा बन्यो ।


प्रतियोगिताको बिजेताले ५० हजार सहित सिल्ड तथा मेडल हात पारे भने उपबिजेताले २५ हजारसहित मेडल प्राप्त ग¥यो । यस्तै प्रतियोगिता भर उत्कृष्ट खेलाडी र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य निर्मला थापाले खेलकुदको विकासमा प्रदेश निरन्तर लागेको बताउनु भएको छ । उहाँले एक पालिका एक खेल मैदानको अवधारणा रहेको उल्लेख गदै पालिकासंगको सहकार्यमा यही वर्ष देखि बेल्टारी खेल मैदानलाइ सुबिधा सम्पन खेल मैदानको कार्य थालनी गर्ने प्रतिवद्धता जनाउनु भएको छ । प्रदेश सांसद थापाले खेल मार्फत राष्ट्रको पहिचान बनाउन सकिने भएकोले यस तर्फ ध्यानजाने विस्वास व्यक्त गर्नुभयो ।

कालीगण्डकी गाउँपालिका स्याङ्जाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले खेलाडीलाइ बधाइ दिदै खेलकुद प्रतियोगिताका लागि पालिकाले निरन्तर सहयोग गर्न प्रतिवद्धता जनाउनु भयो ।समारोहमा कालीगण्डकी ‘ए’ जलबिद्युत केन्द्रका प्रमुख बाबुराजा मर्हजनले खेलकुलको आयोजना गरि सफलतापूर्वक सम्पन गर्ने आयोजकलाइ धन्यवाद ज्ञापन गदै युवाहरुको क्रियासिलता स्रहानीय रहेको बताउनु भयो । उहाँले खेल नियमीत संचालन गर्नका लागि बिद्युत केन्द्रले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । गत वर्षे देखि सुरु गरिएको प्रतियोगिता आगामीबर्ष पनि खेललाइ निरन्तरता दिने कार्ययोजना रहेको क्लबका अध्यक्ष पशुपति पाण्डेय (राजु)ले बताउनु भयो । उहाँले सहयोग गर्ने सम्पुर्णलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो । यस क्षेत्रलाइ खेलकुदको हव बनाउन खेलकुद प्रतियोगिता आयोजनालाइ निरन्तरता दिने खेल संयोजक कृष्ण न्यौपानेले बताउनु भयो ।

प्रथम पुरस्कार सहयोग कालीगण्डकी गाउँपालिकालेगरेको थियो,भने दोश्रो पुरस्कार सहयोग खेलप्रमी शिशिर न्यौपानेले गर्नुभएको थियो।कार्यक्रममा मिर्मि बहुमुखी क्याम्पसका प्राचार्य रामप्रसाद पाण्डेय,क्लबका पूर्व अध्यक्ष दसरथ न्यौपाने, नारायण न्यौपाने लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको हो । कार्यक्रममा सल्लाहकारहरु,खेलप्रेमीलगाएतको सहभागिता रहेको थियो ।
खेलकुद प्रतियोगिता सम्पन गर्ने सहयोग गर्ने दाताहरुलगाएतलाई मायाको चिनो प्रदान गरिएको थियो ।पुरस्कार वितरण समारोह क्लबका पूर्व सचिव केआर ईशानको संचालनमा चलेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
0
+1
0