पाल्पा २५ कार्तिक ÷ ग्राम्य माध्यमिक विधालयमा १ दिने अभिभावक शिक्षा तथा स्काउट अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बगनासकाली गाउँपालिकाको सहयोग र स्थानीय स्काउट समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्यले १० वटा माध्यमिक विधालयमा कार्यक्रमसुरु गरिएको शिक्षा शाखा प्रमुख गुनाराम खनालले बताउनु भयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले विधालयमा अध्ययन गर्ने बिद्यार्थी र उनीहरुको अभिभावक तथा शिक्षकलाई एकै ठाउँमा राखेर शिक्षाको सुधारका लागि कार्यक्रम गरिएको बताउनु भयो ।
बगनासकाली गाउँपालिका स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपानेले बिद्यार्थीहरुको विकासका लागि स्काउट शिक्षालाइ पहिलो चरणमा १०वडा माध्यमिक विधालय स्काउट संचालन गरिने बताउदै हाल सम्म ७ वटा मा.विमा सम्पन गरिएको बताउनु भयो ।
ग्राम्य माविका प्रधानाध्यापक दयाराज कंडेले अभिभावक शिक्षाले शैक्षिक सुधार गर्ने सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो ।
६ कक्षा देखि १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु, अभिभावक सहित शिक्षकहरु सहभागी रहेको कार्यक्रममा स्काउट शिक्षाका विषयमा स्काउट प्रशिक्षक नेत्र गैरेले सहजीकरण गर्नु भएको थियो ।
अभिभावक शिक्षाका विषयमा शिक्षा शाखा प्रमुख गुनाराम खनालले गर्नु भएको थियो भने, बिद्यार्थीहरुको सहज सिकाइका विषयमा बालमैत्री फोकल प्रशन नारायण तिमिल्सिनाले सहजीकरण गर्नु भयो ।