दयाराज न्यौपाने
कार्तिक २५ ÷ जन आधारभूत विद्यालय तानसेन ५ बराङ्दीको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बराङ्दीमा सम्पन भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि तानसेन ५ का वडा सदस्य यमबहादुर कार्कीले गुणस्तरीय शिक्षाका लागि सबै क्षेत्रको भूमिका अहम हुने बताउनु भएको छ । उहाँले भन्नु भयो सबै क्षेत्रको सहयोगले मात्र शिक्षा क्षेत्रको विकास गर्ने सकिने उल्लेख गर्नुभयो ।

वाषिर्कोत्सव कार्यक्रमा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गदै विद्यालयका प्रधानाध्यापक शरिता कार्कीले ३८ लाख ८५ हजार रुपैयाँको आय व्याय विवरण प्रस्तुत गदै २८बटा अक्षयकोष स्थापना मार्फत ३ लाख ४२ हजार रुपैयाँ स्थापना भएको जानकारी गराउनु भएको थियो । हाल विधालयमा १ देखि ६ कक्षा सम्म अध्यन हुँदै आएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा अक्षयकोष दाता ज्योतीलाल बस्याल,पत्रकार दयाराज न्यौपाने,रत्नबहादुर सोमै, बराङ्दी प्राविका अध्यक्ष बिस्णुप्रसाद बस्याल,पूर्व विधार्थी पवन बस्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीको संख्या घट्ने क्रम रहेको बताउदै निराकरणका लागि सबै लागि पर्नु पर्ने बताउनु भएको थियो । कार्यक्रममा विद्यालयको वार्षिक परीक्षामा प्रथम,द्धितीय,र तेश्रो हुने बिद्यार्थीहरु तथा जेहनदार बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरीएको थियो ।

६२ औं वार्षिकोत्सव समारोह शिक्षक तारा ढकालको स्वागत मन्तव्य शिक्षक शिवराज चालीसेको संचालन तथा जन आधारधुत बिद्यालय तानसेन ५ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेपालीको अध्यक्षतामा समारोह चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0