दयाराज न्यौपाने
पाल्पा २६ कार्तिक ÷ सीता माध्यमिक विधालयमा १ दिने अभिभावक शिक्षा तथा स्काउट अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बगनासकाली गाउँपालिकाको सहयोग र स्थानीय स्काउट समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्यले १० वटा माध्यमिक विधालयमा कार्यक्रम सुरु गरिएको शिक्षा शाखा प्रमुख गुनाराम खनालले बताउनु भयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले विधालयमा अध्ययन गर्ने बिद्यार्थी र उनीहरुको अभिभावक तथा शिक्षकलाई एकै ठाउँमा राखेर शिक्षाको सुधारका लागि कार्यक्रम गरिएको बताउनु भयो ।


कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले स्काउट कार्यक्रम मार्फत माध्यमिक विद्यालयमा हुने विभिन्न क्रियाकलापले सकरात्मक सन्देश जाने बताउनु भएको छ । उहाँले शैक्षिक सुधारले हरेक क्षेत्रलाइ सकरात्मक प्रभाव पार्ने बताउनु भएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम बस्यालले शिक्षक, विद्यार्थी सहित अभिभावकको त्रिपक्षीय सम्बन्धले शैक्षिक सुधारमा टेवा पुग्ने विस्वास व्यक्त गर्नु भयो । शिक्षक अभिभावक संघका अध्यक्ष ताराप्रसाद बस्यालले स्काउट गतिविधिले बिद्यार्थीहरुमा ब्यवहारीक ज्ञान सहित उर्जा प्रदान गर्ने मद्त पुग्ने विस्वास व्यक्त गर्नुभयो ।


बगनासकाली गाउँपालिका स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपानेले बिद्यार्थीहरुको विकासका लागि स्काउट शिक्षालाइ पहिलो चरणमा १०वडा माध्यमिक विधालय स्काउट संचालन गरिने बताउदै हाल सम्म ८ वटा मा.विमा सम्पन गरिएको बताउनु भयो । सीता माध्यमिक विद्यालका प्रधानाध्यापक तेजराज पाण्डेले गाउँपालिकाले यस्तो खालको कार्यक्रम संचालन गरेकोमा खुसी व्यक्त गदै शिक्षाको विषयमा सबैले देखाएको चासाले गाउँपालिका अब्बल बन्न मद्त पुग्ने विस्वास व्यक्त गर्नु भयो ।


६ कक्षा देखि १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु, अभिभावक,विद्यालय व्यवस्थापन समिति,जनप्रतिनिधि, शिक्षकअभिभावक संघ सहित शिक्षकहरु सहभागी रहेको कार्यक्रममा स्काउट शिक्षाका विषयमा स्काउट प्रशिक्षक नेत्र गैरेले सहजीकरण गर्नु भएको थियो । भने अभिभावक शिक्षाका विषयमा शिक्षा शाखा प्रमुख गुनाराम खनाल र बिद्यार्थीहरुको सहज सिकाइका विषयमा बालमैत्री फोकल प्रशन नारायण तिमिल्सिनाले सहजीकरण गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0