दयाराज न्यौपाने
पाल्पा २८ कार्तिक ÷ गुँगा माध्यमिक विधालयमा १ दिने अभिभावक शिक्षा तथा स्काउट अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बगनासकाली गाउँपालिकाको सहयोग र स्थानीय स्काउट समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।
शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्यले १० वटा माध्यमिक विधालयमा कार्यक्रम सुरु गरिएको शिक्षा शाखा प्रमुख गुनाराम खनालले बताउनु भयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले विधालयमा अध्ययन गर्ने बिद्यार्थी र उनीहरुको अभिभावक तथा शिक्षकलाई एकै ठाउँमा राखेर शिक्षाको सुधारका लागि कार्यक्रम गरिएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले स्काउट कार्यक्रम मार्फत गुणस्तरीय शिक्षाका सवाललाइ स्थापीत गराउन खेलेको भुमिका स्रहानीय रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले हरेक बिद्यार्थीको भिन्न भिन्न क्षमता हुने बताउदै शैक्षिक सुधारले हरेक क्षेत्रलाइ सकरात्मक प्रभाव पार्ने बताउनु भएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद बस्यालले कार्यक्रम संचालनले शिक्षक, विद्यार्थी सहित अभिभावकहरुलाइ जिम्मेवार बनाउन थप टेवा मिलेको बताउनु भएको छ ।
बगनासकाली गाउँपालिका स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपानेले बिद्यार्थीहरुको विकासका लागि स्काउट शिक्षालाइ पहिलो चरणमा १०वडा माध्यमिक विधालय स्काउट संचालन गरिने बताउदै हाल सम्म ९ वटा मा.विमा सम्पन गरिएको बताउनु भयो । गुँगा माध्यमिक विद्यालयका प्रधानाध्यापक जर्नादन अधिकारीले गाउँपालिकाले यस्तो खालको कार्यक्रम संचालन गरेकोमा खुसी व्यक्त गदै सबैले शिक्षाको विषयमा गरेको चिन्तन सकरात्मक रहेको उल्लेख गर्नु भएको छ ।
६ कक्षा देखि १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु, अभिभावक,विद्यालय व्यवस्थापन समिति,जनप्रतिनिधि, शिक्षकअभिभावक संघ सहित शिक्षकहरु सहभागी रहेको कार्यक्रममा स्काउट शिक्षाका विषयमा स्काउट प्रशिक्षक नेत्र गैरेले सहजीकरण गर्नु भएको थियो । भने अभिभावक शिक्षाका विषयमा शिक्षा शाखा प्रमुख गुनाराम खनाल र बिद्यार्थीहरुको सहज सिकाइका विषयमा बालमैत्री फोकल प्रशन नारायण तिमिल्सिनाले सहजीकरण गर्नु भयो ।