दयाराज न्यौपाने
पाल्पा २९ कार्तिक ÷ बिष्णु माध्यमिक विधालयमा १ दिने अभिभावक शिक्षा तथा स्काउट अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।


बगनासकाली गाउँपालिकाको सहयोग र स्थानीय स्काउट समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्यले १० वटा माध्यमिक विधालयमा कार्यक्रम सुरु गरिएको शिक्षा शाखा प्रमुख गुनाराम खनालले बताउनु भयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले विधालयमा अध्ययन गर्ने बिद्यार्थी र उनीहरुको अभिभावक तथा शिक्षकलाई एकै ठाउँमा राखेर शिक्षाको सुधारका लागि कार्यक्रम गरिएको बताउनु भयो ।


कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर २ का वडाध्यक्ष तिर्थप्रसाद भट्टराइलेशिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सम्बन्ध स्थापित गर्ने अभिभावक शिक्षा कार्यक्रम प्रभावकारी हुने विस्वास व्यक्त गर्नु भयो । उहाँले शिक्षामा लगानी बढाउदै गएको बताउदै शिक्षकहरको भूमिका अझबढी महत्वपूर्ण रहने बताउनु भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य गीता रेग्मीले कार्यक्रम निकै राम्रो भएको बताउदै अझ सशक्त बनाउन निरन्तरता दिनु पर्नेमा जोड दिनु भएको थियो ।

 

बगनासकाली गाउँपालिका स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपानेले बिद्यार्थीहरुको विकासका लागि स्काउट शिक्षालाइ पहिलो चरणमा १०वडा माध्यमिक विधालय स्काउट संचालन गरिने कार्यक्रम अन्तर्गत बिष्णु माविमा संचालन सगै १० वटै माविमा सम्पन भएको बताउनु भयो । विद्यालका प्रधानाध्यापक शिवप्रसाद आचार्यले अभिभावक शिक्षाले नतिजा सुधारमा केही हद सम्म सकरात्मक प्रभाव पार्ने विस्वास व्यक्त गर्नु भयो ।


६ कक्षा देखि १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु, अभिभावक सहित शिक्षकहरु सहभागी रहेको कार्यक्रममा स्काउट शिक्षाका विषयमा स्काउट प्रशिक्षक नेत्र गैरेले सहजीकरण गर्नु भएको थियो ।

अभिभावक शिक्षाका विषयमा शिक्षा शाखा प्रमुख गुनाराम खनाल र बिद्यार्थीहरुको सहज सिकाइका विषयमा बालमैत्री फोकल प्रशन नारायण तिमिल्सिनाले सहजीकरण गर्नु भयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0