।
दयाराज न्यौपाने
पाल्पा ४ कार्तिक ÷ बगनासकाली गाउँपालिकामा अभिभावक शिक्षा तथा स्काउट अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
बगनासकाली गाउँपालिका ५ मा रहेको दर्लमडाँडा माध्यमिक विधालयमा बाट कार्यक्रम सुरु भएको हो । बगनासकाली गाउँपालिकाको सहयोग र स्थानीय स्काउट समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।
शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्यले १० वटा माध्यमिक विधालयमा पु¥याउने गरि कार्यक्रम सुरु गरिएको शिक्षा शाखा प्रमुख गुनाराम खनालले बताउनु भयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले विधालयमा अध्ययन गर्ने बिद्यार्थी र उनिहरुको अभिभावक तथा शिक्षकलाई एकै ठाउँमा राखेर शिक्षाको सुधारका लागि कार्यक्रम गरिएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका ५ का वडाध्यक्ष ओमप्रकाश गैरेले स्काउट कार्यक्रम मार्फत गुणस्तरीय शिक्षा सुधारकालागि लागि परेको बताउनु भएको छ । उहाँले भन्नु भयो यो अभियानले शैक्षिक सुधार र बालबाकिाहरुको विकासमा समेत टेवा पुग्ने विस्वास व्यक्त गर्नुभयो । विधालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर शर्माले शिक्षाको बारेमा गरिने चिन्ततनले सकारात्मक सन्देश दिने बताउनु भएको छ ।
विधालयका प्रधानाध्यापक डिल्लीराज गैरेले गाउँपालिकाले आयोजना गरेको स्काउट कार्यक्रम र अभिभावक शिक्षाले बिद्यार्थी र अभिभावक दुबैलाइ प्रत्येक्ष जोडेको उल्लेख गर्नुभयो ।
बगनासकाली गाउँपालिका स्थानीय स्काउट समितिका आयुक्त दयाराज न्यौपानेले बालबालीका र बिद्यार्थीहरुको विकासका लागि स्काउट शिक्षालाइ पहिलो चरणमा मावि सहित प्रतेक विद्यालयमा पु¥याउने बताउनु भयो ।
६ कक्षा देखि १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु, अभिभावक सहित शिक्षकहरु सहभागी रहेको कार्यक्रममा स्काउट शिक्षाका विषयमा स्काउट प्रशिक्षक नेत्र गैरेले सहजीकरण गर्नु भएको थियो । अभिभावक शिक्षाका विषयमा शिक्षा शाखा प्रमुख गुनाराम खनाल र बिद्यार्थीहरुको सहज सिकाइका विषयमा बालमैत्री फोकल प्रशन नारायण तिमिल्सिनाले सहजीकरण गर्नु भयो ।