दयाराज न्यौपाने
पाल्पा ५ कार्तिक ÷ राम माध्यमिक विधालय बगनासकाली गाउँपालिका ४ राम्दीमा १ दिने अभिभावक शिक्षा तथा स्काउट अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बगनासकाली गाउँपालिकाको सहयोग र स्थानीय स्काउट समितिको आयोजनामा कार्यक्रम गरिएको हो । शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्यले १० वटा माध्यमिक विधालयमा सुरु गरिएको बाल मैत्री फोकल प्रशन नारायण तिमिल्सेनाले बताउनु भयो ।


कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनालले गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले विधालयमा अध्ययन गर्ने बिद्यार्थी र उनीहरुको अभिभावक तथा शिक्षकलाई एकै ठाउँमा राखेर शिक्षाको सुधारका लागि कार्यक्रम गरिएको बताउनु भयो । उहाँले सबैले शिक्षाको बिषयमा चासो र चिन्तन गर्नुभएकोमा आभार समेत व्यक्त गर्नुभएको थियो । विधालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रकाश श्रेष्ठले कार्यक्रमले शिक्षाको विकास सहित बालबालिकाका क्षेत्रमा समेत राम्रो प्रभाव पार्ने बताउनु भएको छ ।


बगनासकाली गाउँपालिका स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपानेले बिद्यार्थीहरुको विकासका लागि स्काउट शिक्षालाइ पहिलो चरणमा १०वडा माध्यमिक विधालय स्काउट संचालन गरिने बताउनु भयो । विद्यालका प्रधानाध्यापक डोलराज बस्यालले स्काउट कार्यक्रम मार्फत अभिभावक शिक्षालाइ जोडेर कार्यक्रम गरिनु सकारात्मक रहेको उल्लेख गर्नुभएको छ ।


६ कक्षा देखि १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु, अभिभावक सहित शिक्षकहरु सहभागी रहेको कार्यक्रममा स्काउटका शिक्षाका विषयमा स्काउट प्रशिक्षक तथा स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपानेले सहजीकरण गर्नु भएको थियो । भने अभिभावक शिक्षाका विषयमा शिक्षा शाखा प्रमुख गुनाराम खनाल र बिद्यार्थीहरुको सहज सिकाइका विषयमा बालमैत्री फोकल प्रशन नारायण तिमिल्सिनाले सहजीकरण गर्नु भयो । कार्यक्रम स्थानीय सुशासन स्रोत विकास तथा वित्त आयुक्त ओमप्रकाश न्यौपानेको संचालनमा कार्यक्रम चलेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0