दयाराज न्यौपाने
पाल्पा मंसिर १६ ÷गायत्री बिधाका सिद्ध उपासक तपस्वी समेत रहनु भएका हिले प्रभुको जन्मस्थल पाल्पाको बगनासकाली ८बराङ्दीमा रुद्राभिषेक सहित भजन कृतन हुने भएको छ ।
बराङ्दीमा शनिवार बसेको भेलाले यही मंसिर २२ गते शनिवार पुजा गर्ने निर्णय गरेको हिले प्रभुका परिवार मध्यका सदस्य टंकनाथ घिमिरेले जानकारी दिनुभयो । जय नारायण (यज्ञमुर्ति )घिमिरे हिले प्रभुको नामले परिचित गायत्री बिधाका सिद्ध उपासक तपस्वी समेत रहनु भएका हो ।

जय नारायण (हिले प्रभु)को जन्म १९६४ मा असार ३गते पाल्पा जिल्लाको बराङ्दीमा भएको थियो ।
हिलेप्रभुले कालीगंगाको किनार राम्दीमा केही समय,सेतीबेणीमा गई केहिदिन एकान्त स्थलको खोजी गर्ने क्रममा गुल्मीको हिले पुग्नु भएको त्यहाँ ३० बर्ष सम्म गायत्री साधना गरि गुल्मीको पादी र ठुला बगरमा समेत तपस्या गरि बिताउनु भएको थियो ।
शिद्ध पुरुषको आशीर्वाद खोजीमा हिडेका राजा वीरेन्द्रले ठुलाबगरमा पुगी बाबाको दर्शनमा बिजयीको आशीर्वाद पाएको र राजाले नतिजा पनी सोही प्रकारको पाएको उल्लेख गरिएको छ ।सोही बेला देखी शिद्ध पुरुषको रुपमा परिचित हुनु भएको हो ।
भेलालाइ सम्बोधन गदै दिव्य धामका अध्यक्ष डिल्लीराज पाण्डेले प्रभुको महिमा अपार रहेको बताउदै पादी,हिले र ठुलाबगरमा वषौ देखि नियमित रुपमा पूजा हुँदै आएको बताउनु भएको छ । उहाँले प्रमुको जन्मस्थलको महिमा समेत जगाउन कार्यक्रम गर्ने थालेको बताउनु भयो ।
समाजसेवी ताराप्रसाद घिमिरेले प्रभुको महिमालाइ जगाउदै उहाँकै नाममा धाम बनाउने अभियानको रुपमा लागेको बताउनु भयो ।





















