दयाराज न्यौपाने
कालीगण्डकी बोडिङ स्कुल बराङ्दीको ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरीप्रसाद पाठकले गुणस्तरीय शिक्षा प्रदानका लागि पालिका लागि परेको बताउनु भएको छ ।

उहाँले शिक्षाको विकासका लागि अभिभावक र शिक्षकको भुमिका अहम् हुने कुरामा जोड दिदै निजी विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको समेत बताउनु भएको थियो । वार्षिकोत्सव समारोहमा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गदै बोडिङ् स्कुलका प्रिन्सिपल गणेशप्रसाद बस्यालले १२ लाख ४८ हजार बराबरको आय व्याय विवरण प्रस्तुत गर्नुभएको थियो ।

उहाँले आगामी दिनमा थप कार्ययोजना सहित विद्यार्थीसंख्या र शिक्षाको गुणस्तर वृद्धि गदैजाने बताउनुभएको छ । हाल स्कुलमा ८ कक्षासम्म अध्ययन हुँदै आएको छ ।

वार्षिकोत्सव समारोहमा प्यावसन पाल्पाका संस्थापक अध्यक्ष भेषराज सुवेदीले निजी विद्यालयहरुले शिक्षाको विकासमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नु भएको छ । उहाँले पछिल्लो समय बिद्यार्थी संख्या धेरै ठाउँमा कम भएको उल्लेख गदै कालीगण्डकी स्कुलमा बिद्यार्थीको उपस्थिति निकै राम्रो रहेकामा खुसी व्यक्त गदै कालीगण्डकी स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरेकोमा धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।समारोहमा बगनासकाली गाउँपालिका ८ का वडाध्यक्ष मोतीलाल बस्याल, बगनासकाली गाउँपालिका बाल मैत्री फोकलप्रशन नारायण तिमिल्सेना, सेयर सदस्य गणेसप्रसाद बस्याल,शरिता न्यौपाने,दिनेश बस्याल,पत्रकार दयाराज न्यौपाने बिद्यार्थी इच्छा न्यौपाने,नविन घिमिरे, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयमा लामो समय देखी प्रधानाध्यापको रुपमा कार्यरत गणेशप्रसाद बस्याल,शिक्षक बेगम बुढाथोकी,निर्मला बुढाथोकलाइ दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो भने विद्यालयलाइ सहयोग गर्नु भएका व्यक्तित्वहरुलाइ सम्मान पत्रले सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा विद्यालयको वार्षिक परिक्षामा प्रथम,द्धितीय,र तेश्रो हुने बिद्यार्थीहरु,खेलकुदमा बिजयीहुने बिद्यार्थी,आभिभावहरुलाई समेत पुरस्कार बितरण गरिएको थियो । कार्यक्रमको बिचबिचमा बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । समारोह शिक्षिका निर्मला बुढाथोकीको स्वागत मन्तव्य, शिक्षिका लक्ष्मी गाहाँको सञ्चालन तथा कालीगण्डकी बोडिङ स्कुल बराङ्दीका अध्यक्ष वामदेव बश्यालको अध्यक्षतामा समारोह चलेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0