दयाराज न्यौपाने
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालित ‘छैटौँ अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सव’ सम्पन्न भएको छ ।


कालीगण्डकीको मिर्मी स्थित खेलमैदानमा भएको प्रतियोगिताको उपाधी वडा नं.७ ले जितेको छ । छ स्वर्ण, आठ रजत र १ कास्यसहित १५ पदक जित्दै वडा नं.७ पहिलो भएको हो ।

चार स्वर्ण, चार रजत र चार कास्य गरी १२ पदक जित्दै वडा नं.४ दोस्रो भएको छ । यस्तै, चार स्वर्ण, चार रजत र दुई कास्य गरी सात पदक जित्दै वडा नं.५ तेस्रो भएको छ । बिजेतालाइ पुरस्कार वितरण गदै गण्डकी प्रेदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले खेलकुद मार्फत देशको पहिचान झल्काउन सकिने बताउदै व्यवसाीयक खेललाइ समेत प्रथामिकतामा राखेर प्रदेशले सुविधा सम्पन खेल मैदान निर्माणको काम गरिरहेको बताउनु भएको हो ।


पालिकाले कृषि पूर्वाधार विकाससँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर बर्षेनी खेलकुद महोत्सवको आयोजना गर्दै आएको अध्यक्ष तथा गाउँपालिका महासंघका महासचिव खिमबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकाले
प्रतियोगितामा महिला तथा पुरुष भलिबल, फुटबल,क्रिकेट, एथलेटिक्स, व्यटमिन्टन, बुद्धीचाल र टेवल टेनिस गरि जम्मा सात विधामा बाइस खेल खेलाइएको थियो । महोत्सवमा कालीगण्डकी गाउँपालिकाका प्रत्येक वडाबाट ९८ जनाको दरले झण्डै ७०० जना खेलाडी सहभागी भएका थिए ।

गाउँपालिकाले खेलकुद क्षेत्रमा विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यस वर्ष पनि महोत्सवको आयोजना गरेको उपाध्यक्ष सावित्रा कोइरालाले बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले पालिकाको सम्रग क्षेत्रको विकासमा यसले टेवा पुग्ने विस्वास व्यक्त गर्नुभयो ।


छैटौँ अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सवको उद्घाटन नेपाल सरकारका संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्ले गर्नु भएको थियो । अघिल्लो संस्करणको उपाधि समेत वार्ड नं ७ ले हातपारेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0