दयाराज न्यौपाने
स्याङ्जाको मिर्मीमा आधारभूत आँखा उपचार केन्द्रको शुभारम्भ भएको छ ।

नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी अस्पतालमा आधारभूत आँखा उपचार सेवा केन्द्रको एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो। मन्त्री गुरुङले उद्घाटन गरेसँगै शुक्रवार देखि नै कालीगण्डकी गाउँपालिकाद्वारा संचालित कालीगण्डकी अस्पतालमा आँखा रोगको आधारभूत उपचार सेवा थप भएको हो ।


छैटौं अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सवको अवसरमा प्रमुख अतिथिको रूपमा आउने क्रममा मन्त्री गुरुङले अस्पतालमा आधारभूत आँखा उपाचार सेवाको शुभारम्भ गर्नुभएको हो ।


आँखा सेवा थप भए पछि अब पाल्पा गुल्मी सहित धेरै ठाउँका नागरिकलाइ सेवा पुग्ने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनु भयो । कालीगण्डकी अस्पताल गाउँपालिकाले २०७७ साल मंसिर देखि संचालन गदै आएको छ ।

यस अस्पतालमा आखाको उपचार सेवा समेत सुरु भएपछी  यस क्षेत्रका नागरिकलाइ टाढा टाढा जानुपर्नेबाध्यताको अन्त्य हुने कालीगण्डकी अस्पतालका प्रशासन प्रमुख युवराज थापाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0