दयाराज न्यौपाने
पाल्पा मंसिर १९ – पाल्पाको रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको संयुक्त आयोजनामा सुन्तला महोत्सव हुुने भएको छ । यहि मंसिर २२ र २३ गते रैनादेवी छहरा गाउँपालिका –५ कनौजेपानी खेल मैदानमा महोत्सव हुन लागेको हो । बुधबार तानसेनमा पत्रकार सम्मेलन गरी महोत्सवका बारेमा जानकारी गराइएको छ ।

सुन्तला पकेट क्षेत्रका किसानलाई सुन्तलाको बजार प्रवद्र्धनमा सहयोग गर्ने सोंचका साथ महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुुंवरले बताउनु भयो । उहाँले व्यावसायीक रुपमा खेति गर्ने र बसाईसराइको दरमा समेत कमी ल्याउन महोत्सव सफल हुने विस्वास व्यक्त गर्नुभयो ।

सुन्तला कृषकबाट उत्पादित सुन्तलाको प्रवद्र्धनमा सहयोग गर्ने विश्वासका साथ दुबै पालिकाबाट पाँच÷पाँच लाख बजेट विनियोजन गरी दश लाखको लागतमा महोत्सव गर्न थालिएको महोत्सव मुल समारोह समितिका अध्यक्ष एवं रैनादेवी छहराका अध्यक्ष रुक्मागत भट्टराईले बताउनु भयो । सह–संयोजक रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले महोत्सवले सुन्तलाको उत्पादन,बजार प्रवद्र्धन,सुन्तलाबाट बन्ने परिकारका साथै बाझो जमिनको प्रयोग गरि बगैँचा व्यवस्थापन सहित सिप र ज्ञानको विकास हुने बताउनु भयो ।


कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंक खनालले किसानलाइ उत्पादन हुन्छ भन्ने विस्वास दिलाउन यो महोत्सव सफल हुने धारण व्यक्त गर्नुभएको थियो । पत्रकार सम्मेलन रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0