दयाराज न्यौपाने
पाल्पा पाल्पाको बराङ्दीमा संचालन हुने श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको बारेमा जानकारी दिन सनिवारपत्रकार सम्मेलन गरिएको छ ।

माघ १ गतेदेखि ९गतेसम्म बगनासकाली ८, बराङ्दी घिउसीबासमा हुन लागेको महायज्ञको बारेमा जानकारी दिन महायज्ञ मूल आयोजक समितिले पत्रकार सम्मेलन गरेको हो ।


महायज्ञ मूल समारोह समितिका अध्यक्ष गणेशप्रसाद बस्यालले धर्मको सहि प्रचार प्रसार गर्ने र मन्दिरको थप निमार्णका लागि महायज्ञ आयोजना गरेको बताउनु भयो । उहाँले यज्ञको तयारी पूरा भएको जानकारी दिदै धार्मिक आस्थाको केन्द्रको रुपमा करिव ३ सय वर्ष देखि रहेको मन्दिरको प्रचार प्रसार गर्ने उदेश्यले समेत यज्ञ आयोजना गरेको बताउनु भयो । संयोजक बस्यालले यस क्षेत्रमा नागको बास भएको विस्वास रहेकोले शेषनागको प्रतिमुर्ति निर्माणगर्दै पर्यटकीय एवं धार्मिक स्थलको रुपमा विकास गर्नका लागि सहयोग पुग्ने विस्वास व्यक्त गर्नु भयो ।


पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सेनाले यज्ञले यस क्षेत्रको विकासमा टेवा पुग्ने बताउदै धार्मिक महोत्सव सफल बनाउन पत्रकारले सहयोग गर्ने प्रतिवद्ता जनाउनु भएको थियो ।उहाँले पछिल्लो समय धर्मको नाममा देखा परेको बिकृतीलाई ध्यानमा राखेर सचेत हुदै काम गर्नुपर्नेमा जोड दिनुभयो ।
महायज्ञमा चौरासी पूजा, तुलादान, व्रतबन्ध,रुद्री, लाखबत्ती प्रज्वलन,सन्ध्याआरती सम्पन्न गरिने सिद्धबाबा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिका अध्यक्ष मोहन अर्यालले जानकारी दिनु भयो । आर्थिक पारदर्शिताका लागि एउटामात्र रसीदबाट आम्दानी गर्ने, अनाथ बालबालिकाका लागि सहयोगार्थ दानपेटिका समेत राख्ने अर्यालले जानकारी दिनु भयो । यज्ञ बाट १ करोड बढी आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखेको उहाँले बताउनु भयो । प्रखर वाचिका विदुषी गरिमा उपाध्यायको मुखार विन्द बाट संगीतमय प्रवचन हुने उहाँले जानकारी दिनु भयो ।


कार्यक्रममा समाजससेवि कृष्ण भुसालले यस यज्ञले यस क्षेत्रको प्रचार प्रचारमा सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो । महायज्ञ सम्पन्न गर्न “हाम्रो समन क्याम्प” संस्थाले सहजीकरण गर्ने आयोजकले जनाएको छ । प्रचारप्रसार समितिका सदस्य दयाराज न्यौपानेको सञ्चालनमा कार्यक्रम संचालन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0