दयाराज न्यौपाने
पाल्पा मंसिर २० ÷ हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने नाराका साथ मङ्सिर १०गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियान अन्तर्गत ११ औ दिन बगनासकाली गाउँ पालिकामा एक कार्यक्रम गरि अभियान सम्पन्न गरेको हो ।
संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ ।
विविध स्वास्थ्य क्रियाकलापमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका,स्वस्थ समाज निर्माणमा सहभागिता भन्ने नारा सहित २१ औ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस समेत मनाइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुर गैरेले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि आधुनीक,बैज्ञानीक र प्रगतिशील सोचबाट मात्र सम्भव हुने बताउनु भएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति समेत रहनु भएका सांसद गैरेले महिला स्वास्थ्य स्वयसेविकाहरुको भूमिका ज्यादै महत्वपुर्ण रहेको बताउदै बिमा,यातायातका बिषयमा नीतिगत तहमै छलफल गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले स्वास्थ्यमा भएको सुधारले पछिल्लो समय नागरिकको आयुबढेको उल्लेख गदै उहाँले भन्नुभयो । ‘चौरासी पुजा हुने कुरा केही बर्ष अधिसम्म बिरलै हुने गरेपनि अहिले प्रतेकका घरमा ८४ वर्षेका नागरिक बाक्लो भेटीन थाल्नु स्वास्थ्य क्षेत्रको प्रगति भएको बताउनु भएको छ ।’ कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश सांसद वीरबहादुर रानाले महिला हिंसाका घटनाले दैनिक रुपमा सताउने गरेको उल्लेख गदै हरेकले मनलाइ सुद्ध गर्ने हो भने सबै प्रकारका हिंसाको अन्तय हुने दावी गर्नुभएको छ । उहाँले समाजको चेतना स्तर उकास्न महिला स्वास्थ्य स्वयसेविकाहरुले गरेको योगदान प्रसंसनीय रहेको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल र लेखा अधिकृत कोषलराज पौडेलले महिला हिंसा विरुद्ध अभियानका बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । भने स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले अभियानले हरेक क्षेत्र र समुदायलाई आपसमा सद्भाव जगाउने कामका उत्प्रेरित गर्ने बताउनु भएको छ । उहाँले गाउँपालिकाका हरेक क्षेत्रमा समान रुपमा कार्य गरेको बताउदै हरेक क्षेत्रमा महिलाको नेतृत्व हुने वातावरण बनाउन पहल गर्ने गरि नीति बनाएको बताउनु भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाका समुदाय स्तरमा हुने हिंसालाई न्यूनीकरणमा सबैको पहल महत्वपुर्ण हुने बताउनु भएको छ । उहाँले स्वस्थ्य स्वयंसेविकाहरु जनताको घर घरमा पुगि गरेको सहयोगले पालिकालाइ अगाडी बढ्न मद्त मिलेको बताउनु भएको छ ।
कार्यक्रमा प्रवक्ता टीकाबहादुर थापाले महिला स्वास्थ्य स्वयंसेविहरुले समाजमा खेलेको भुमिका उच्च सम्मान योग्य रहेको बताउनु भएको छ । बगनासकाली स्थानीय पालिका मध्य महिला नेतृत्व भएको यो एक पालिका हो ।सामुदायिक महिला स्वस्थ्य स्वयंसेविकाहरुका लागि प्रोत्साहन स्वरुप गाउँपालिकाले मासिक १००० रुपैया उपलब्ध गराउदै आएको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रशासन प्रमुख लेखनाथ अर्याल, महिला स्वास्थ्य स्वयसेविकाहरुको तर्फबाट पेमा बस्याल, महिला सन्जालक िसचिव बिमला बस्याल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा प्रतेक वडामा सेवारत ७७ जना महिला स्वयंसेसिविकाहरुलाइ लोगो अङ्कित झोला र मायाको चिनोले सम्मान गरिएको थियो ।