दयाराज न्यौपाने
पाल्पा माघ १÷ पाल्पाको बराङ्दीमा आजबाट श्रीमद्भागवत् महापुराण ज्ञान महायज्ञको सुरु भएको छ । सिद्धबाबा मन्दिर तथा वातावरण संरक्षण समितिको मुख्य आयोजनामा महायज्ञको सुरु भएको हो ।


माघ ९ गते सम्म संचालन हुने महायज्ञको स्वस्तिवाचन र पानसमा बत्तीबालेर सुभारम्भ गरिएको थियो । ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजक समितिले जनाएको छ । यसै गरि महायज्ञमा प्रखर वाचिका विदुषी गरिमा उपाध्यायको मुखार विन्द बाट संगीतमय प्रवचन हुने छ ।


कार्यक्रममा आशीर्वचन प्रस्तुत गदै श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले नेपाल ऋषि मुनिले तपस्या गरेको ठाउँभएको उल्लेख गदै यस ठाउँमा जन्मलिनु गर्वको विषय भएको उल्लेख गदै धर्म संस्कृतिको संरक्षण गर्नु पहिलो दायित्व रहेको बताउनु भएको छ । हिन्दु धर्मका वेद स्कन्द पुराण लगाएतका शास्त्र पूर्वीया दर्शनले राम्रो सिकाएका उल्लेख गदै यसको सहि पालन हुन् नसकेको बताउनु भयो । विदेशी भुमिका मात्र सुख सयल छ भन्ने मान्यता बढेको बताउदै स्वदेशमै केही गर्ने चिन्तन गर्नु पर्नेमा उहाँले जोड दिनुभएको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथि पाल्पा क्षेत्र नं २ का सांसद ठाकुर गैरले पछिल्लो समय देशमा केही भएन र केहीपनि छैन् भन्ने हल्ला फैलीयको बताउनु भएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति समेत रहनु भएका सांसद गैरेले संस्कार धर्म र चेतनाको विकास गराउदै नेपाल मै केही हुन्छ र गर्ने सकिन्छ भन्ने सन्देश दिन सबैलाग्नु पर्नेमा जोड दिनुभएको छ । सासंद गैरेले यसक्षेत्रलाइ धार्मीक पर्यटनको विकासका लागि आफु निरन्तर लागेको बताउनु भएको छ । उहाँले यस्ता ज्ञान महायज्ञले उच्च चेतना र देश सेवामा लाग्न, सहि बाटोमा हिड्न प्रेरणा समेत मिल्ले बताउनु भएको थियो ।

कार्यक्रममा प्रदेश सांसद वीरबहादुर रानाले पछल्लो समय मानिसहरुको मन भड्केको उल्लेख गदै यसको सहि व्यवस्थापन गर्ने आध्यात्मिक ज्ञान महत्वपूर्ण हुने विस्वास व्यक्त गदै आम नागरिकको जीवनमा सत्कर्म गराउन मदत पुग्ने बताउनु भयो । उहाँले मन्दीरलाइ सहि रुपमा विकास गर्ने आफु निरन्तर लाग्ने समेत बताउनु भएको थियो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले यस ठाउँको विकासमा महायज्ञले सहयोग पुग्ने बताउनु भएको छ । बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले धर्म सस्कृतिको संरक्षण र यस क्षेत्रको विकासका लागि पालिकाले निरन्तर सहयोग गरेको बताउनु भएको छ ।

कार्यक्रममा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डे,कर्मचारी संगठनका पूर्व केन्द्रीय अध्यक्ष गणेशप्रसाद बस्याल,वडाध्यक्षहरु, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना,गाउँपालिकाका पूर्व अध्यक्ष कृष्णप्रसाद बस्याल,सुरक्षा निकायका प्रमुख राजनीतिदलका प्रमुख तथा प्रतिनिधि समाजसेवि लगाएत श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो ।


मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहन अर्यालको स्वागत मन्तव्य महा सचिव जिवलाल बस्यालको संचालन तथा श्रीमद्भागवत् महापुराण ज्ञान महायज्ञ मूल आयोजक समिति संयोजक गणेशप्रसाद बस्यालको अध्यक्षतामा उद्धघाटन समारोह चलेको थियो । भने महायज्ञ सुरु हुनु अगाडी मन्दिर देखि चापपानीको मालारानी मन्दिर सम्म कलशयात्रा समेत गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0