दयाराज न्यौपाने
पाल्पा माघ ४-पूर्वखोला गाउँपालिकाको आयोजनामा आधारभूत तथा माध्यमिक विधालयका आइटी श्रोत शिक्षकहरुका लागि सूचना तथा प्रविधि सम्बन्धी पाँच दिने क्षमता विकास तालिम पूर्वखोलामा शुक्रबारदेखि सुरु भएको छ ।
तालिमको उदेश्य माथी प्रकाश पादै शिक्षा शाखा प्रमुख लोकहरी देवकोटाले पाँचदिने आइटी तालिमले शिक्षकहरूको सिकाई अभिवृद्धि गर्ने सहयोग पुग्ने बताउनु भयो । उहाले शिक्षा शाखा मार्फत यस अघि प्राथमिक तहका शिक्षकहरुलाइ तालिम प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले प्रविधियुक्त कक्षा बनाउने र शिक्षण सिकाइ प्रणलीमा परिवर्तन ल्याउन सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो ।
तालिम शुभारम्भ गर्नुहुँदै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले हरेक नागरिकले समयानुकुल रुपमा आफुलाइ तयार बनाउन प्रविधिको प्रयोग अनिवार्य भएको उल्लेख गर्नु भएको छ । उहाँले गाउँपालिकाले हरेक विद्यालयमा प्रविधि युक्त बनाउन र सिप विकास गराउन निरन्तर लागि परेको बताउनु भएको छ । अध्यक्ष थापाले हरेक काममा सफलता प्राप्त गर्ने र अर्थपुण बनाउन गाउँपालिकाले समय सुहाउँदो शिक्षाको विकासमा लागेको बताउनु भएको छ । उहाँले सामाजिक रुपमा शिक्षक प्रेरणाको श्रोत रहेको उल्लेख गर्दै समाज बदल्ने बलियो आधार शिक्षक रहेको समेत उल्लेख गर्नु भएको थियो ।
पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले सिप सिकेर आफ्नो ठाउँमा लागू गरि विधार्थीहरुको सिकाइ समेत प्रभावकारी हुने विस्वास व्यक्त गर्नु भयो ।
प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले ज्ञानको महत्व निकै रहेको बताउदै प्रतिस्प्रधात्म समयमा आइटी अनिवार्य भएको उल्लेख गर्नु भएको छ । उहाँले प्रविधिमा कमजोर हुदा धेरै बिषयबस्तुलाइ असर गर्ने बताउदै सिपलाइ राम्रो संग लिनु पर्नेमा जोड दिनुभएको थियो । बढ्दो प्रविधिको प्रयोगसँगै अहिले मानिसका लागि अत्यावश्यक भएको समेत उल्लेख गर्नुभएको थियो ।
आधारभूत तथा माध्यमिक विधालयका २० जना आइटी श्रोत शिक्षकहरु सहभागी रहेको तालिमको सहजीकरण तालिम प्रशिक्षक जीवन आचार्य,शिक्षा शाखाका झबिर राज मगर र शिक्षा शाखा प्रमुख लोकहरी देवकोटाले सहजीकरण गरि रहनु भएको छ ।