पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले पाल्पा अस्पतालको छड्के जाँच गर्नुभएको छ । अस्पतालको सेवा प्रवाह, बिरामीले पाएको सेवा,अस्पताल प्रशासनको अवस्थालगाएतका विषयमा स्वास्थ्यमन्त्री सारुले छड्के जाँच गर्नुभएको हो ।

छड्के जाँच पछी मन्त्री सारुले अस्पतालका धेरै विषयमा सुधार भएको बताउनुभयो । उहाँले पछिल्लो समय पाल्पा अस्पतालका विभिन्न विषय सुधार भएको भन्दै थप सुधार्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले पाल्पा अस्पतालका बिरामीले बस्नुपर्ने लाईन, ल्याब सेवा, डाक्टर नर्सले दिने सेवा, अस्पताल प्रशासनको कार्यसम्पादन, सरसफाईलगाएतका क्षेत्रमा राम्रो हुँदै गएको बताउनुभयो । अस्पतालको केहि क्षेत्र अझै सुधार गर्नुपर्ने र बिरामीलाई सहज सेवा प्रवाह गर्न व्यवस्थापकीय सुधार गर्न लाग्नुपर्ने बताउनुभयो ।

मन्त्री सारुले पाल्पा अस्पतालको व्यवस्थापन तथा सेवा प्रवाह सुधारका लागि ५० लाख रुपैंया बजेट विनियोजन गर्नुभएको थियो । उहाँले त्यस सम्बन्धमा भईरहेको कामका बारेमा समेत जिज्ञासा राख्नुभएको थियो । पाल्पा अस्पतालबाट अझ धेरै सेवा विस्तार गर्ने अवस्थाको निर्माण गर्न मन्त्रालयले योजना बनाएर काम गरिरहेको उहाँको भनाई छ । मन्त्री सारुले अस्पतालका बिरामीहरुको अवस्थाका बारेमा जानकारी लिँदै सेवा प्रवाहमा भएका गुनासोका बारेमा समेत जानकारी लिनुभएको थियो ।

पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले उक्त बजेटले ओपीडी सेवा विस्तार र अप्रेसन कक्ष निर्माण गर्ने योजना बनाएको बताउनुभयो । अध्यक्ष आत्रेयले त्यसका लागि स्टिमेट गर्ने कार्य भईरहेको र चाँडै निर्माण गरिने जानकारी दिनुभयो । उहाँले अस्पतालको श्रोत र साधनको उच्चतम प्रयोग गर्दै गुणस्तरिय सेवा प्रवाहमा अस्पताल विकास समिति लागिपरेको बताउनुभयो । आत्रेयले अस्पतालको सेवा प्रवाह प्रति सर्वसाधारण नागरिकहरुको विस्वास बढ्दै गईरहेको बताउँदै अझ राम्रो गर्ने प्रयास गरिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0