दयाराज न्यौपाने
पाल्पा माघ ३ पाल्पा क्षेत्र नं २ का सांसद ठाकुर गैरेले नेपाल पत्रकार महासंघ पाल्पा शाखाका नवनिर्वाचित कार्य समितिलाइ बधाइ तथा सम्मान सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।


नेपाल पत्रकार महासंघ पाल्पा शाखाको कार्यालयमा आयोजीत कार्यक्रममा बोल्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति समेत रहनु भएका सांसद गैरेले नेपालको लोकतान्त्रीक आन्दोलनमा पत्रकारहरुले खेलेको भूमिका स्रहानीय रहेको बताउनु भएको छ । उहाँले पाल्पा पत्रकारिताको क्षेत्रमा गर्व गर्ने सक्ने ईतिहास बोकेको जिल्ला भएको उल्लेख गर्नु भएको छ । आलोचनात्मक चेतका साथ पछाडी परेका मानिसहरूको आवाज बन्नु पर्नेमा जोड दिनुभएको थियो । देशमा केही हुदैन् भन्ने भाष्य निमार्ण भैरहेको बताउदै यसको प्रतिरोध गदै स्वदेशमै केही भएको छ र हुन्छ भन्ने सन्देश फैलाउन आग्रह गर्नुभएको थियो । उहाँले सुशासन कायम गर्ने योजना पूरा गराउन, गुणस्तरीय बनाउन अनुगमन सहित निगरानीलाइ निरन्तरता दिन आग्रह गर्नु भयो ।


कार्र्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष गोबिन्द भट्टराईले स्थानीय मिडिया लाई बचाउन राज्यले ध्यान दिनु पर्नेमा जोड दिनुभएको थियो ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष झपेन्द्र गैहिरेले पाल्पाको पत्रकारिताले समाजको सुधारमा गरेको योगदान महत्व्पूर्ण रहेको उल्लेख गदै शाखाको गरिमा जोगाउन सबैले भूमिका खेल्नु पर्नेमा जोडदिनुभएको थियो । नव निवार्चित शाखा अध्यक्ष कमलराज तिमिल्सेनाले अग्रजले मिहेनत गरेर निमार्ण गरेको महासंघको गरिमालाई जोगाउदै समानुपातिक विज्ञापनका लागि पहल गर्ने बताउनु भयो । उहाँले स्थानीय मिडिया सहित पत्रकारितामा लागेका पत्रकारहरुको सुरक्षामा राज्यले ध्यान दिन समेत आग्रह गर्नुभएको थियो । बधाइ तथा सम्मान कार्यक्रम पाल्पा क्षेत्र नं २ का सांसद ठाकुर गैरेका स्वकीय सचिव चन्द्रमणी गैरेको सञ्चालनमा चलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0