दयाराज न्यौपाने
पाल्पा,  मंसिर २१ । बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष ०८१÷०८२ को योजना तथा कार्यक्रमको प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।


यस आवको प्रथम चौमासिक सम्म २१.१५ प्रतिशत बित्तिय प्रगती भएको छ चालु आर्थिक वर्षमा ९५ लाख राजस्व संकलनको लक्ष्य लिएकोमा २० लाख राजस्व संकलन गर्न सफल भएको जनाएको छ ।

यस अवधिमा वडा तहमा खाता संचालन गरिएको, १५२ वटा योजना सम्झौता भएको र ७ वटा योजना सम्पन भएको प्रशासन शाखा प्रमुख सुजन घिमिरेले बताउनु भयो ।


कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जनताको सेवकको रुपमा छिटोछरितो, विश्वसनीय तरिकाले समयमै बिना झनझटिलो कार्यसम्पादन भएमा मात्र जनप्रतिनिधिको चाहना र बगनासकालीको समृद्धिको खुड्किलो पुरा हुने बताउनु भयो । समग्र विकासका लागि कर्मचारी र जनप्रतिनिधि मिलेर अगाडी बढ्नुपर्नेमा जोडदिदै उहाँले गाउँपालिकाले अधि सारेका कामहरुलाइ समयमै सम्पन गर्नु पहिलो दायित्व हुने उल्लेख गर्नु भएको थियो ।


गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले समीक्षा कार्यक्रमले समयमै काम सम्पन गर्ने मद्त गर्ने बताउनु भएको छ । उहाँले गाउँपालिकाले असार अगावै कम सम्पन गर्ने सबैको एकता आवस्यक रहने कुरामा जोड दिनुभयो ।


प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले कार्यक्रमको औचित्यबारे प्रष्ट पादै कार्यालयको समग्र काम, योजना तथा विकास निर्माण र सेवा प्रवाहको अवस्थाबारे समीक्षा कार्यक्रमले सहयोग पुग्ने बताउनु भएको थियो ।उहाँले पालिकामा हरेक गतिविधिलाई जनताको नजिक गराउदै विकाससँग जोड्ने प्रयासमा समीक्षा कार्यक्रम फलदायीहुने विस्वास व्यक्त गर्नुभयो ।


जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायत प्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रममा १७ वटा विषयगत शाखा प्रमुखहरुले आ–आफ्ना शाखामार्फत भए गरेका कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम प्रशासन शाखा प्रमुख सुजन घिमिरे र बालमैत्रीफोकल प्रशन नारायण तिमिल्सिनाको संचालनमा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0