दयाराज न्यौपाने
पाल्पा मंसिर २१ ÷रुपन्देहीको तिलोत्तमा नगरपालिका र पाल्पाको बगनासकाली गाउँपालिका बीच बालमैत्री अनुभव आदान प्रदान कार्यक्रम बगनासकालीमा शुक्रबार सम्पन भएको छ ।


बगनासकाली गाउँपालिकाका बालमैत्री फोकल प्रशन नारायण तिमिल्सिनाले बगनासकाली गाउँपालिकाले गरेको कामको प्रगति विवरण प्रस्तुत गदै बिद्यार्थीहरुको सहज सिकाइ कार्यक्रम गरेको, बाल सञ्जालको भेला क्षमता विकास तालिम संचालन गरेको र बालबालिकाहरुलाइ योजना तर्जुमा देखी नै सहभागिता गराउदै आएको र बालमैत्री कार्यक्रम सुनिस्चीताको लागी आवस्यक सूचकमा काम गरिरहेको बताउनु भयो । भने तिलोत्तमा नगरपालिका वडा नं ३ वडा सचिव गोकुल गिरिले बाल बालिकाको दिगो विकासका लागि काम गरेको, मेयर संग बालबालिका कार्यकम संचालन भएको, लागु प्रदार्थ दु्रव्यसनी न्यूनिकरणका लागि बजार क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोकलगाएको बताउनु भएको थियो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका बाल संजालका अध्यक्ष रेखा पौडेलले पालिकामा बाल सञ्जाल मार्फत भएका कामको अनुभव सुनाउदै बालबलकिाको क्षेत्रमा सबैले लगानी बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बजेट बनाउदा देखि कार्यान्वयन तह सम्म सहभागिता गरेको बालबालिकाकाको समग्र विकासमा पालिका निरन्तर लागि परेको बताउनु भएको छ । उहाँले पालिका भित्र अध्ययन गर्ने अभिभावक बिहिन बालबालिकाहरुको रेखदेख गरेको उल्लेख गदै बालमैत्री अभियानलाई सफल बनाउन दुई पालिकामा भएका कामको अनुभव आदान प्रदान गदै सहकार्यलाइ बढाउदै लैजाने बताउनु भयो ।


उपाध्यक्ष हरिप्रसाद पाठकले दुई पालिकाको संबन्ध निकै रामो भएको उल्लेख गर्दै गरेका कामको आदान प्रदानले उत्सुकता बढाउदै काममा लाग्न सहयोग मिल्ने बताउनु भयो । प्रवक्ता टीकाबहादुर थापाले बालबालकिाहरको अर्थपुर्ण सहचागितालाइ बिषेश प्रथामिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।

स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी र शिक्षा शाखा प्रमुख गुनाराक खनालले बालबालिकाहरुले राखेका जिज्ञासा मेटाउनु भएको थियो ।


कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिकासदस्यहरु,बाल संञ्जालका पदाधिकारीहरु,कर्मचारी,बाल सहजकर्ताहरु लगाएतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0