दयाराज न्यौपाने
पाल्पा मंसिर २२ जय नारायण ( यज्ञमुर्ति )घिमिरे हिले प्रभुको नामले परिचित गायत्री बिधाका सिद्ध उपासक तपस्वी समेत रहनु भएका हिले प्रभुको जन्मस्थल पाल्पाको बगनासकाली ८बराङ्दीमा रुद्राभिषेक सहित भजन कृतन गरि सम्पन्न गरिएको छ ।

जय नारायण (हिले प्रभु)को जन्म १९६४ मा असार ३गते पाल्पा बराङ्दीमा भएको थियो । हिलेप्रभुले कालीगंगाको किनार रानीघाटमा केही समय,सेतीबेणीमा गई केहिदिन एकान्त बास बसेको र एकान्त स्थलको खोजी गर्ने क्रममा गुल्मीको हिले पुग्नु भएको, त्यहाँ ३० बर्ष सम्म गायत्री साधना गरि पादी र ठुला बगरमा समेत तपस्या गरि बिताउनु भएको थियो ।
शिद्ध पुरुषको आशीर्वाद खोजीमा हिडेका राजा वीरेन्द्रले हिलेमा पुगी बाबाको को दर्शन मा बिजयीको आशीर्वाद पाएको र राजाले नतिजा पनी सोही प्रकारको पाएको उल्लेख गरिएको छ । सोही बेला देखी शिद्ध पुरुषको रुपमा परिचित हुनु भएको हो । लामो समय सम्म पनि पटक पटक दरबार देखी सबै सदस्य आवत जावत गरि प्रमुको दर्शन गर्ने गरेको समेत उल्लेख गरिएको छ । हिले प्रमुको २०४१ साल चैत्र ३ गते ठुलाबगर गुल्मीमा स्वराहरोण भएको थियो ।

बराङ्दीमा आयोजीत धार्मीक कार्यक्रमलाइ सम्बोधन गदै पूर्व सांसद तथा धार्मिक अभियान्ता शंकरप्रसाद पाण्डेले आफु प्रभको सेवकका रुपमा समेत रहेर बसेको अनुभव सुनाउनु भएको थियो । उहाँले पछिल्लो समय नेपालीले सस्कृति मौलीकता समेत भुलेको सस्कृतिको लोप हुनाले राष्ट्रियतामा समेत खलल् पुग्ने बताउनु भएको छ । उहाँले नेपाली माटोलाय चलाएर फलाउन सकिने कुरामा जोड दिनुभएको थियो । सनातन धर्म सहित धार्मिक अभियानलाइ सफल बनाउन सबैको भूमिका महत्वपुर्ण हुने बताउनु भएको थियो ।

कार्यक्रमा भत्तजनहरुलाइ स्वागत गदै जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेले तपस्वी प्रभुको चर्चा गर्नु भएको थियो ।

धार्मिक अभियान्ता बासुदेव पाण्डे बाबाले हिले प्रभुको चर्चा गदै प्रभुले गरेको तपस्याबाट पाएको शक्ती अपार रहेको बताउनु भएको थियो । दिव्य धाम गुल्मीका अध्यक्ष डिल्लीराज पाण्डेले प्रभुको महिमा अपार रहेको बताउदै पादी,हिले र ठुलाबगरमा वषौ देखि नियमित रुपमा पूजा हुँदै आएको बताउनु भएको छ । उहाँले जन्मस्थलमा समेत आउर पवित्र भुमिलाइ दर्शन सगैं कार्यक्रमले प्रभुको महिमा थप बढदै जाने बताउनु भयो ।प्रभुका परिवार मध्यका सदस्य टंकनाथ घिमिरेले जन्मस्थल बराङ्दीमा हिले प्रभु धामको निमार्ण गर्ने तयारी गरेको समेत बताउनु भएको छ ।

कार्यक्रममा पाल्पा क्षेत्र नम्बर २ का सांसद तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुर गैरे, लुम्बिनी प्रदेश सांसदका सांसद वीरबहादुर राना,प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदी सहित राष्ट्रसेवक कर्मचारीहरु,बगनासकाली गाउँपालिकाका उपाध्यक्ष,हरिप्रसाद पाठक,प्रवक्ता टीकाबहादुर थापा, वडा नं ८ अध्यक्ष मोतीलाल बस्याल त्रीभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख टंक भट्टराइ,सशस्त्र प्रहरी बल नेपाल गुल्म पाल्पाका प्रमुख श्याम संगती महर्जन,नेपाल निजामती कर्मचारी संंगठनका पूर्व केन्द्रीय अध्यक्ष गणेशप्रसाद बस्याल लगाएत बिशिष्ट पाहुनाहरु सहित भत्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा हिले प्रभुको तपस्या स्थल गुल्मी ठुला बगर दिव्य धाम,पादी,स्याङ्जा लागाएतका ठाउँदेखि जन्मस्थल बराङ्दी सम्म तिर्थयात्रीहरु भजन कीर्तन सहित धार्मीक यात्रा समेत गर्नु भएको थियो ।





















