दयाराज न्यौपाने
पाल्पा ः नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अध्यक्षमा कमलराज तिमिल्सेना निर्वाचित हुनुभएको छ । तिमिल्सेना ५२ मतसहित तीन वर्षीय कार्यकालका लागि निर्वाचित हुनुभएको हो । तिमिल्सेना प्रेस चौतारीका केन्द्रीय सदस्य तथा प्रदेश सह इन्चार्ज हुनुहुन्छ । मतदान प्रक्रियामा ६५ जना सदस्यको मत खसेको थियो। तिमिल्सिनाका प्रतिद्वन्द्वी कृष्ण दर्नालले ११ मत प्राप्त गर्नु भयो । कृष्ण दर्नाल प्रेस सेन्टर पाल्पाका अध्यक्ष हुनुहुन्छ । २०५१ सालदेखि पत्रकारितामा क्रियाशील तिमिल्सेना लामो समय देखि पाल्पामा सञ्चालन भैरहेको श्रीनगर टेलीभिजनका अध्यक्ष तथा समाचार घर साप्ताहिक पत्रिकाका प्रधान सम्पादक हुनुहुन्छ ।

प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट तिमिल्सिना उमेद्वार रहनुभएको थियो । खुला उपाध्यक्षमा प्रेस युनियनका मुक्तिप्रसाद न्यौपाने र महिला उपाध्यक्षमा चौतारीका बन्दना पोखरेल सर्वसम्मत निर्वाचित हुनुभयो ।
सचिवमा ४९ मतसहित युनियनका रामचन्द्र रायमाझी निर्वाचित हुनुभयो । रायमाझीका प्रतिद्वन्द्वी स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराइले १३ मत प्राप्त गर्नुभयो

खुला सहसचिवमा दुर्गेस मल्ल र समावेशी सहसचिवमा दानबहादुर हिस्की सर्वसम्मत निर्वाचित हुनुभयो दुवै जना प्रेस युनियनमा आवद्ध हुनुहुन्छ ।

कोषाध्यक्षमा प्रेस चौतारीका बिजय बौडेलसर्वसम्मत निर्वाचित हुनुभयो । यस्तै सदस्यहरुमा सुशिला रेग्मी,धनबहादुर ठाडा, दयाराज न्यौपाने,दीपक ढुङ्गाना,नेत्र गैरे,सुनिल कार्की निर्वाचित हुनुभयो । दलित सदस्यमा ५० मतसहित चौतारीका हरिबहादुर बिक निर्वाचित हुनुभयो ।
बिकका प्रतिद्वन्द्वी प्रेस सेन्टरका डोलबहादुर बिकले १० मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्ष गोविन्दप्रसाद भट्टराइले जानकारी दिनु भयो ।
यस्तै केन्द्रिय परिषद् सदस्यमा यज्ञमुर्ति तिमिल्सिना,सीतादेवी डोटेल र राजेन्द्र लिगल, प्रदेश परिषद् सदस्यमा कृष्णप्रसाद पोखरेल,दिपक भट्टराई,पवित्रा घिमिरे र इमानसिंह राना निर्विरोध निर्वाचित हुनुभएको छ ।





















