पाल्पा । युवा पुस्ताले नेतृत्व गरेको रास्वपा पाल्पा जिल्लाको तानसेनमा शनिबार सम्पन्न जिल्ला भेलाबाट १० सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ । भेलाले बिष्णुप्रसाद भण्डारीलाई जिल्ला सभापतिमा निर्वाचित गरेको छ । जसको उपसभापतिमा सोमप्रसाद गैरे (सुमन) चयन भएका हुनुभएको छ ।

सचिवमा नारायण न्यौपाने, कोषाध्यक्षमा अविता नेपाली निर्वाचित हुनुभयो। अन्य ६ सदस्यहरूमा संजय कुमार सार्की, धुर्ब राज न्यौपाने, कृष्णप्रसाद पराजुली, सृजना पाण्ये भट्टराई, नेत्रप्रसाद बस्याल र रमेशप्रसाद न्यौपाने चयन हुनुभयो । भेलामा निर्णय गरिएको व्यवस्थाअनुसार जिल्लाका सबै पालिकाका सभापतिहरू पनि जिल्ला कमिटीमा समावेश हुनेछन् । यस निर्णयले पाल्पाको संगठनात्मक कामलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । रास्वपाले पाल्पाका दुई नगरपालिका र ८ गाउँपालिका अधिवेशन गर्ने तयारीमा जुटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0