दयाराज न्यौपाने
पाल्पा पुस,५ । सिद्धि माध्यमिक विद्यालय बगनासकाली ३ आर्यभञ्ज्याङ्गमा पूर्व विद्यार्थीहरु बिच पूनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले विद्यालयको चौतर्फी विकासमा सहयोग जुटाउन विद्यालयका पूर्वविद्यार्थी,शिक्षक र शुभचिन्तकको पुनर्मिलन कार्यक्रम गरेको हो ।
शुक्रबार विद्यालयमा आयोजना गरिएको सो कार्यक्रममा विद्यालयमाअध्ययन र अध्यापन गराएर विभिन्न सिलसिलामा स्वदेश तथा विदेशमा पेशा व्यवसाय गर्दैआएका व्यक्तिबीचमा भेटघाटको अवसर जुरेको थियो ।
सो अवसरमा विद्यालयका पूर्वविद्यार्थी, शिक्षक र शुभचिन्तकले खुशी साटासाट मात्रै गर्नुभएन् विद्यालयका लागि रकम समेत जुटाउनु भयो भने सहभागि हुन् नसकेका पूर्व विद्यार्थीहरुले समेत सामाजीक सञ्जाल मार्फत आवस्यक सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले यस विद्यालयको विकासका निम्ति हामी सबैको दायित्व हुने बताउनु भएको छ उहाँले गाउँपालिकाले गुणस्तरीय शिक्षा प्रदानका लागि निरन्तर लागि परेको बताउदै विद्यालयले आयोजना गरेको पुनर्मिलन कार्यक्रमले पूर्व विद्यार्थी र शिक्षकमा विद्यालयप्रतिको उत्तरदायित्व थप बढाएको महसुश भएको बताउनु भयो ।
विद्यालयको स्तरवृद्धि गर्दै जाँदा आइपरेको आर्थिक संकटलाई समाधान गर्न विद्यालयकै शैक्षिक उत्पादनलाई सदुपयोग गर्ने गरि काम अगाडि बढाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन थापा मगरले बताउनु भयो ।उहाँले विद्यालय स्थापनाको लामो समय सम्म पनि पूर्वविद्यार्थीहरुको भेला भएको थिएन भेटघाट सहित विद्यालयको समग्र विकासका बारेमा छलफल होस् भन्ने उद्देश्यले पुनर्मिलन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
पूर्नर्मिलन कार्यक्रममा पूर्व विद्यार्थी तथा बगनासकाली गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले विद्यालयकै कारण आफुहरुले शिक्षाको भविष्य देखेको उल्लेख गदै यसको विकासका निम्ति सबैको दायित्व बराबर हुने बताउनु भयो ।
विसं २००८ मा स्थापना भएको यस विद्यालयबाट अहिलेसम्म ३ हजार बढी विद्यार्थीले अध्ययन पुरा गनुृभयो । उहाँहरु सबैलाई कुनै न कुनै माध्यमबाट विद्यालयसँग जोड्ने योजनाअनुसार पुनर्मिलन कार्यक्रम सञ्चालन गरेको मूल समिति संयोजक सञ्जयकुमार श्रेष्ठले बताउनुभयो ।
पछिल्लो समय गुणस्तरीय शिक्षा प्रदान गर्ने आइपर्ने समस्या समाधानका लागि विद्यालयका पूर्व विद्यार्थी र शुभचिन्तकलाई जिम्मेवार बनाउँदै उहाँहरुबाट सहयोग जुटाउन थालेको प्रधानाध्यापक धु्रव न्यौपानेले बताउनुभयो । आज मात्रै उहाँले १ लाख बढी रकम समेत संकल्न भएको जानकारी दिनु भयो । पूर्व विद्यार्थी, शिक्षक तथा विद्यालयका शुभचिन्तकले विद्यालयको चौतर्फी विकासका बारेमा समेत छलफल गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक,वडा नं ४ का वडाध्यक्ष जितबहादुर कनौजे,गुनाराम खनाल,पाल्पा व्यापार संघका उपाध्यक्ष युवराज श्रेष्ठ,युवा नेता डेन्जिङ् रायमाझी, यादवराज न्यौपाने,केशव रायमाझी,उदयराज घिमिरेलगाएतका पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो । स्थापना कालमा अध्यन गर्नु भएका,एसएलसी पहिलो व्याजमा उत्कृष्ट नतिजा ल्याउने तथा १२ कक्षा उर्तीण गर्ने पहिलो व्याचका विद्यार्थीहरुलाइ मायाको चिनो समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा स्काउट ट्रुपले पिटी समेत प्रदर्शन गरेको थियो भने लोकदोहोरी प्रतिष्ठानपाल्पाका अध्यक्ष कमल भट्टराइको प्रस्तुति सहित विद्यार्थीहश्रले विविध सास्कृतिक कार्यक्रमहरु समेत सञ्चालन गरेका थिए ।पूनर्मिलन कार्यक्रम शिक्षिका ममता ज्ञवाली र मुल आयोजक समितिका सह संयोजक डेन्जिङ् रायमाझीको स्वागत मन्तव्य तथा पूर्व विद्यार्थी चनीसरा दर्लामीको सञ्चालनमा पूनर्मिलन कार्यक्रम सम्पन्न भएको हो । भने,सञ्जयकुमार श्रेष्ठको अध्यक्षतामा सात सदस्सीय पूर्वविद्यार्थी मञ्चको समेत गठन भएको छ । जसको उपाध्यक्ष डेन्जिङ्ग रायमाझी सचिव दिसन राना,कोषाध्यक्ष चनीसरा दर्लामी सदस्यहरुमा ज्ञानु न्यौपाने,गौरी देवकोटा र मनोज श्रेष्ठ रहनु भएको छ ।