दयाराज न्यौपाने
पाल्पा पुस ७ । बगनासकाली गाउँपालिकाको सेवा प्रवाह र विकास गतिविधिका विषयमा सार्वजनिक सुनुवाई भएको छ ।
बगनासकाली पत्रकार समूहको सहजीकरणमा आर्थिक वर्ष २०८१—८२ को प्रथम सार्वजनिक सुनवाई भएको हो ।
कार्यक्रममा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले आर्थिक पारदर्शीता,सुशासन सहितको सेवा प्रवाहमा जोड दिने बताउनु भयो । उहाँले जनता संग जोडिएको सरकार स्थानीय सरकार रहेकोले बगनासकालीका नागरिकसंग जवाफदेही भएर काम गरिने बताउनु भयो ।उपाध्यक्ष हरिप्रसाद पाठकले पालिकाको समग्र विकासका साथै गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिने बताउनु भयो । उहाँले काम गर्ने दोरानमा केहि समस्याभए तत्काल सुझाव राख्न आग्रहगदै बगनासकाली गाउँपालिकाको सुशासन वृद्धिका विषयमा सघाउन आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले यो वर्ष पालिकाले गरेका कामको प्रतिवेदन प्रस्तुत गर्दै यो वर्ष १६६ वटा योजना सम्झौता भइ कामसुरु भएको उल्लेख गर्नु भएको छ । यो अवधिमा बढी योजना सम्पन्न भएको बताउदै पुजीगत तर्फ १८.२१ र चालू तर्फ २१.१५ प्रतिशत वित्तिय प्रगति भएको जानकारी गराउनु भएको थियो ।उहाँले सेवा प्रवाहमा कुनै कमि हुन नदिने बताउनु भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्रही रेश्मीराज बस्यालले म्याद गुज्रेका सामान वितरण हुनु दुखद भएको र सरकारले यस्तो गर्नु कति सम्म लापरवाही हो? रामप्रसाद ढुङ्गानाले कृषि गर्नेहरु दिन प्रतिदिन पलायन हुने गरेको उल्लेख गदै यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।तस्तै ताराबहादुर सिंजाली,राजेन्द्र श्रेष्ठ, धर्मराज उपाध्याय लगायतले काठ काट्दा समस्या भएको,बादर समस्या समाधान हुन् नसक्दा जनताले दुख पाएको,कृषि तथा पशुसेवामा बजेट निकै कम भएको खानेपानी मोटर बाटो बिजुली शिक्षा र स्वास्थ्य लगाएतका विषयमा प्रश्न राख्नुका साथै सुझाव राख्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका डेन्जिङ् रायमाझी, नेपाली कांग्रेसका राजेन्द्र राना, नेकपा माओवादी केन्द्रका खुमबहादुर बि.क,नेकपा समाजवादीका शारदा बस्याल,जनता समाजवादीका खिकबहादुर रेश्मी ,राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन गैरे,राष्ट्रिय प्रजातन्त्र पार्टीका कपिल ढुङ्गाना,पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना,पूर्व अध्यक्ष गोबिन्द भट्टराई लगायतले आवाज विहिनहरुको आवाज बनेर काम गर्ने,गुणस्तरीय कामलाइ ध्यानदिनु पर्ने, खानेपानी मोटर बाटो बिजुली शिक्षा र स्वास्थ्य लगाएतका विषयमा प्रश्न राख्नुका साथै सुशासनको पाटोलाइ ध्यानदिन आग्रह सहित सुझाव राख्नु भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले जनताले दिएको सुझावलाइ ग्रहण गरेर अघिबड्ने बताउनु भएको छ । जनताका अपेक्षा धेरै रहेको उल्लेख गदै क्रमस पुरा गदै जाने बताउनु भयो । सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले प्रशासन र सुशासनका विषयमा उठेका सवालको जवाफ समेत दिनुभएको थियो भने स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारी,कृषि शाखा प्रमुख रामहरी गैरेले शाखागत विषयको सवालको जवाफ दिनुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको नागरिक अभिमत र बहिर्गमन प्रतिवेदन बगनासकाली पत्रकार समूहका सचिव दयाराज न्यौपानेले प्रस्तुत गर्नु भएको थियो । जनप्रतिनिधि,कमर्चारी,सेवाग्रही,पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागीता रहेको सार्वजनिक सुनुवाईको सहजीकरण बगनासकाली पत्रकार समूहका अध्यक्ष भोजराज तिमिल्सिना र उपाध्यक्ष नेत्र गैरेले सहजीकरण गर्नु भएको थियो ।