दयाराज न्यौपाने
पाल्पा पुस ६ ÷चण्डिदेवी महिला जागृति बहुउद्देश्यीय सहकारी संस्थाको १९औँ साधारणसभा सम्पन भएको छ । साधारणसभालाइ सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले सहकारीमा अहिले देखा परेका केही घटनाले सबैलाइ झक्झक्याएको उल्लेख गर्नु भएको छ । उहाँले सहकारीको छानबिनका लागि नियमन निकायले काम गरिरहेको बताउदै सहकारी समान्य विषय नभै राष्ट्रको मेरुदण्ड भएको बताउनु भएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति समेत रहनु भएका सांसद गैरेले यही ठाउँमा केही गर्ने मनोभाव वृद्धि गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले यस सहकारीले स्थानीय उत्पादन बढाउदै जनतालाई रोजगारी सृजना गर्ने पहल गरेकोमा समेत खुशी व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद वीरबहादुर रानाले महिला सशक्तिकरणको क्षेत्रमा यस सहकारीले खेलेको भुमिका प्रशंसनीय रहेको उल्लेख गर्नु भएको छ । उहाँले दुइ चार जनाले मात्र जानेर नपुग्ने बताउदै सबै सक्षम बन्नुपर्नेमा जोड दिनुभएको थियो । केही समय यता सहकारी भनेसी नाक खुम्च्याउने गरेको उल्लेख गदै विस्वास दिलाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले महिलाहरुको नेतृत्वमा रहेका काम राम्रो र सफल भएको बताउनु भएको छ । उहाँले चण्डिदेवी सहकारीमा लामो समय देखि असल र सफल नेतृत्व गदै सस्थालाइ जनताहरुको बनाउन सफल भएकोमा बधाइ समेत ज्ञापन गर्नुभएको थियो ।
बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले यो सहकारीले निरन्तर सफलता पाएको बताउदै आफ्नै भवनबाट समेत सेवा दिन थालेकोम खुस व्यक्त गर्नु भयो । उहाँले सहकारीहरु धेरै ठाउँमा नियमीत नभउको उल्लेख गदै पालिकाले सहकारी एकिकरणलाइ निरन्तरता दिने बताउनु भएको छ ।
कार्यक्रममा व्यवस्थापक माया सोमरेले आव ८०÷८१ को लेखा प्रतिवेदन प्रस्तुत गदै सहकारीको शेयर सदस्यको संख्या २ सय १३ रहेको ६२ लाख ८४ हजार रुपैयाँको कारोबार गरेको बताउँदै ४ लाख ६५ हजार रुपैया सुद्ध नाफा गरेको बताउनुभयो ।कार्यक्रममा संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गदै अध्यक्ष यनीसरा बुढाथोकीले सरफ र सावुन बनाउने उद्योग खुल्ने गरि तयारी गरेको बताउदै सहयोगका लागि आहवान समेत गर्नु भएको थियो । उहाँले आधुनिक प्राविधिमार्फत कृषिको थालनी सुरु भएको बताउनु भएको छ । उत्पादनलाइ निरन्तर दिनअदुवा खेतिलाइ प्राथमीकता दिने, सेयर सदस्यलाइ बिस्तार गर्ने, झिनीया उद्योग सञ्चालन गर्ने पहल गरेको बताउनु भएको थियो ।
कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख टंकप्रसाद भट्टराइ,वडाअध्यक्ष गणबहादुर बुढाथोकी, बगनासकाली बहुउदेश्य सहकारी संस्थाका उपाध्यक्ष जीवकला बस्याल,गोरेटो सहकारीका अध्यक्ष यज्ञमुर्ति खराल लगायतले सहकारीको मर्मलाई आत्म साथ गदै आय आर्जनको बाटोमा लगानीले मात्र उद्यमशिलतामा प्रवद्धन हुने बताउनु भएको छ ।
कार्यक्रमका अवसरमा २०६६ साल देखि २०८० साल सम्म लामो समय अध्यक्ष भएर संस्थालाइ पु¥याउनु भएको योगदानको कदर गदै धनकुमारी पाठकलाइ दोसल्ल,पाल्पाली करुवा र फुलमाला सहित सम्मान पत्र प्रदानगरि सम्मान गरिएको थियो ।भने संस्थापक अध्यक्ष नैनादेवी तिमिल्सेना,कमला नेपाल, सीता राना,सुकमाया सुनार जग्गा दाता सरस्वती बस्याल,पूर्व लेखा संयोजक पुष्पा खाम्चा,बिष्णु सुनार,सुन्तौली परियार, ज्येष्ठ सदस्य रेनुका तिमिल्सेनासहित संस्थालाई सहयोग गर्नुभएका विभिन्न व्यक्तिहरुलाइ समेत सम्मान गरीएको थियो।समारोह संस्थाका सचिव गोमता भट्टराइको स्वागत मन्तव्य, सद्यस्य बिष्ण्ुादेवी बस्यालको सञ्चालनमा चलेको थियो ।
भने सोही अवसरमा सहकारीको नव निर्मित तिन तले भवनको उद्घाटन प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले गर्नु भएको हो २०६८ साल देखि निर्माण सुरु गरिएको सहकारी भवन बगनासकाली गाउँपालिका सहित सरकारी निकायको २१ लाख र स्थानीय जनताको १२ लाख गरि ३३ लाखको लागतमा निमार्ण भएको हो ।