दयाराज न्यौपाने
बराङ्दी पौष १०÷ शिवासन कृषि सहकारी संस्था लिमिटेड बराङ्दीको ११ औ साधारण सभा तथा तेश्रो अधिवेसन बगनासकाली गाउँपालिका ८ बराङ्दीमा सम्पन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले गाउँपालिकाले हरेक कृषकलाई व्यवसायिक बनाउन पहल गरेको बताउनु भएको छ । उहाँले उत्पादन र बजारीकरणको व्यवस्थालाइ नीतिगत रुपमै अगाडी सारेको बताउदै सहकारीले कृषि क्षेत्रमा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनु भएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले यस सहकारीले कृषि कर्ममा रहेका किसानलाइ व्यवसायिक बनाउन पहल गरेकोमा धन्यवाद ज्ञापन गदै बादर सहित बन्य जन्तुको असर कम गर्ने सक्दो पहल गरेको बताउनु भएको थियो ।
साधारण सभामा संस्थाको वार्षिक आय —व्यय प्रतिवेदन प्रस्तुत गदै लेखा समिति संयोजक देवका बस्यालले १ करोड रुपैया बराबरको कारोवार गरेको जानकारी गराउदै यस आर्थीक वर्षमा २ लाख ६० हजार रुपैया सुद्ध नाफा गरेको जानकारी गराउनुभएको थियो। कार्यक्रममा संस्थाको नीती तथा कार्यक्रम प्रस्तुत गदै अध्यक्ष पशुपति बस्यालले सहकारी मार्फत धेरै कामको थालनी भएको र आगामी दिनमा संस्थाले आय आर्जनको क्षेत्रमा लगानी बढाउदै लैजाने बताउदै सस्थाले हाते ट्याक्टर ,रोलाभेटर, थेसर र कुटानी मेसिनको थालनी लगायतका आधुनिक प्राविधिमार्फत कृषिको थालनी भएको जानकारी दिनु भएको थियो । सस्था मार्फत ४० जनाले व्यवसायिक रुपमा मौरी पालन अदुवा खेती तरकारी खेती गाई पालन,अदुवा खेती कुटानी पिसानी मेसिन संचालन गरेको सस्थाका सचिव खेमबहादुर कुवरले बताउनु भयो ।
कार्यक्रममा बगनासकाली गाउँपालिका वडा नं ८ का वडाध्यक्ष मोतीलाल बस्याल,वडा नं७ का वडाध्यक्ष गणबहादुर बुढाथोकी,नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दयाराज न्यौपाने,बगनासकाली गाउँपालिका सहकारी शाखाका प्रमुख यादवप्रसाद न्यौपाने,बराङ्दी स्वास्थ्य चौकीका प्रमुख गोमबहादुर श्रेत्री,कार्यपालिका सदस्य उमकला न्यौपाने, मालारानी कृषि तथा पसुपंक्षी सहकारीका पम्फा गौतम,सेयर सदस्य पबित्रा पाठकलगायतले सहकारीले गरेको कामको चर्चा गर्नुभएको थियो
कार्यक्रममा निरन्तर ब्यवसायिक रुपमा कृषि गरेका ५ जना कृषकलाई मायाको चिनोले सम्मान गरिएको थियो । ,भने संस्थाका सेयर सदस्यहरुका छोराछोरी मध्येका उत्कृष्ट अंक ल्याउने १ जना बिद्यार्थीलाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरीएको थियो । भने संस्थालाई निरन्तर सहयोग गर्ने व्यक्तित्वहरुलाइ समेत सम्मान गरिएको थियो । संस्थामा ४ सय ४६ जना सेयर सदस्य रहेका छन् भने २७ जना बाल बचत रहेका छन् ।
भने अधिवेसनले गोमतादेवी बस्यालको अध्यक्षतामा ९ सदस्सीय संचालक समितिको सर्वेसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा चिनु मिधुन,सचिव बिमला बस्याल,कोषध्यक्ष लुमकला घिमिरे,सदस्यहरु सीता भुसाल,जमुना घिमिरे,खिमादेवी बस्याल,गीता राना,गिनुकुमारी बराल रहनु भएको छ । भने लेखा समिति संयोजक देवका बस्यालको संयोजकत्वमा ३ सदस्सीय समितिको समेत चयन गरिएको छ । जस्को सदस्यमा सीता बस्याल र गीता रजाली रहनुभएको छ ।