दयाराज न्यौपाने
पाल्पा पुस १२ । बगनासकाली गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगीता शुक्रबार सम्पन्न भएको छ ।
जलवायु परिवर्तन न्यूनिकरणमा वनको महत्व विषयमा लेखिएको निबन्ध प्रतियोगितामा सीता माध्यमिक विद्यालय प्रकृति बस्याल प्रथम, दर्लमडाँडा माध्यमिक विद्यालयकी सन्ध्या न्यौपाने दोस्रो र गुँगा माध्यमिक विद्यालयकी रन्जु बराली तेस्रो हुनुभयो ।


विजेताले क्रमश दुई हजार, पन्ध्र सय र एक हजार रुपैयाँ बराबरको स्टेशनरी सहित प्रमाण पत्र पाए । त्यस्तै सहभागी सम्पूर्ण बिद्यार्थीहरुले पाचँ सय रुपैयाँ बराबरको स्टेशनरी सहित प्रमाण पत्र प्राप्त गरे ।


प्रतियोगीतामा पालिका भित्रका ८ वटा विद्यालयका माध्यामिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

पुरस्कार वितरण गदै बगनासकाली गाँउपालिकाका अध्यक्ष सरस्वती चिदीले बगनासकालीको शिक्षा गुणस्तरीय बनाउन पहल गरेको उल्लेख गदै हरेक बिद्यार्थीलाइ अव्बल बनाउने प्रयास गरिएको बताउनु भयो । उहाँले पछिल्लो समय बालबालिकाहरुको क्षमता प्रष्फुटन गराउन विविध कार्यक्रम गदै आएको बताउदै निबन्ध प्रतियोगिताले बिद्यार्थीहरुको क्षमता बढाउन सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले समृद्धिका लागि वन परियोजनाले शिक्षा क्षेत्रमा काम भएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले बगनासकाली रहेको वन परियोजना प्रदेश मै उत्कृष्ट हुन सफल भएकोमा शाखालाइ बधाइ ज्ञापन गर्नुृ भएको थियो । शिक्षा शाखा प्रमुख गुनाराम खनालले बिद्यार्थीहरुलाइ वनको महत्वका बारेमा अध्ययन गर्ने बानीको विकास गराउन प्रतियोगिता आयोजना गरेको बताउनु भयो ।


पुरस्कार वितरण समारोहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद न्यौपाने,पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष बिजय बौडेल,दयाराज न्यौपाने, बगनासकाली गाउँपालिकाका शाखा प्रमुखहरु सहित बिद्यालयका शिक्षकहरु लगाएतको उपस्थिति रहेको थियो । समृद्धिका लागि वन परियोजनाका फोकलप्रशन नारायण तिमिल्सेनाको सञ्चालन कार्यक्रम सम्पन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0