दयाराज न्यौपाने
पाल्पा माघ १० बगनासकाली गाउँपालिकाको नवनिर्मित प्रशासनीक भवनको शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले जानकारी दिनु भयो । उहाँका अनुसार सवा ११ बजे गाउँपालिकाको भवन उद्घाटन हुने छ ।


बगनासकाली गाउँपालिकाको भवन संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा कुल ६ करोड ४७ लाख ८४ हजार रुपैयाँमा सम्पन्न भएको हो । अपाङ्गता मैत्रीभवनमा लिफ्टको समेत व्यवस्था गरिएको गाउँपालिकाका इन्जिनियर प्रमोद कुँवरले बताउनुभयो । यो भवन जिल्लाका दश स्थानीय तह मध्य सुविधा सम्पन्न र लिफ्टसहितको भवन पहिलो रहेको गाउँपालिकाले भएको बताउनु भयो ।


चार तले नयाँ बनेको भवनमा २२ कोठा रहेका छन् । जसमा बैठक हल, सभा हल, शाखा अनुसारको कोठा, वडाध्यक्षलाई कार्यसम्पादन कक्ष, न्यायिक इजलासलगायतको सहज व्यवस्थापन गर्न र प्रभावकारी कार्यसम्पादन गर्न सहज भएको अध्यक्ष सरस्वती चिदीले बताउनु भयो ।

समुद्घाटनको तयारी समेत पुरा भएको बताउनु भयो । भने सोही दिन प्रधानमन्त्री ओलीले तिनाउ गाउँपालिकाको भवन समुद्घाटन, सिद्धबाबा सुरुङ्गमार्गको ब्रेक थ्रु र मन्दिर शिलान्यास गरी बुटवल गोरुसिङ्गे चाल लेनको सडक शिलान्यास सभालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रको यात्रा गर्न सहज हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0