दयाराज न्यौपाने
पाल्पा माघ १६÷ नारायणडाँडा क्रिकेट (एनसीसी) कप २०८१ सुरु भएको छ । दोश्रो संस्करणको रुपमा नारायणडाँडा क्रिकेट क्लबले आयोजना गरेको (एनसीसी) कप २०८१ उद्घाटन गर्दै प्रदेश सांसद वीरबहादुर रानाले खेलकुदको विकास सगै हरेका गतिबिधिमा लाग्न युवाहरुलाइ आग्रह गर्नुभयो छ । उहाँले खेलकुदमा लाग्दा कुलतबाट समेत टाढा रहने विस्वास व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्रको विकासमा आफुले निरन्तर सहयोग गर्देआएको उल्लेख गदै खेलमैदानको उचित विकासका लागि निरन्तर लागि परेको बताउनु भएको छ ।

जिल्ला क्रिकेट संघ पाल्पाका का.वाअध्यक्ष शैलेन्द्र भट्टराईले प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो उहाँले क्लवहरु मार्फत क्रिकेट प्रतियोगिता भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत खेल प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

खेल संयोजक नवराज बस्यालले राष्ट्रिय खेलका रुपमा रहेको क्रिकेटमा खेलाडीहरुको आकर्षण बढेको बताउदै खेलाडी उत्पादनमा टेवा पु¥याउन प्रतियोगितालाइ निरन्तरता दिएको जानकारी दिनुभयो । कार्यक्रममा तानसेन १ का वडाध्यक्ष सुनिल बस्याल,वडा सदस्य रामप्रसाद भट्टराइ लगायतले क्रिकेट खेल र प्रतियोगिताको चर्चा गर्नुभएको थियो ।


बगनासकाली १ चिलाङ्दी खेलमैदानमा आज भएको पहिलो खेलमा बराङ्दी क्रिकेट क्लबले बिन्दबासीनी क्रिकेट टीम पाल्पालाई ४१ रनले पराजित गरेको हो । भने बुधबार नै भएको दोस्रो खेलमा बतासे क्रिकेट क्लब बिजयी भएको छ । होलीडे क्रिकेट क्लब तानसेनलाइ ५४ रनले हराउदै बतासे क्रिकेट क्लब बिजयी भएको हो ।


आजै भएको तेश्रो खेलमा आयोजक नारायणडाडाँ क्रिकेट क्लब बिजयी भएको छ । भैरवस्थान क्रिकेट क्लबलाइ ५ विकेट पराजीत गदै आयोजक एनसीसी बिजयी भएको हो । आयोजक सहित तीन टीम दोश्रो चरणमा प्रवेश गरेका छन् ।


प्रतियोगीतामा १४ टीम सहभागी रहेका छन् । बिहीबार ४ वटा खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २० हजार सहित,मेडल सिल्ड र प्रमाणपत्र तथा उपविजेताले १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिता भरको उत्कृष्ट खेलाडी र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ । उद्घाटन समारोह क्लबका सचिव पवन बस्यालको संचालन तथा अध्यक्ष बिक्रम घिमिरेको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0