दयाराज न्यौपाने
पाल्पा -प्रेस चौतारी नेपाल पाल्पाले प्रेस चौतारीको २७ औं केन्द्रीय स्थापना दिवस दीप प्रज्वलन गरि मनाएको छ । पाल्पाको कार्यालयमा दीप प्रज्वलन गरि स्थापना दिवस मनाएको हो । २०५५ साल माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपालले २७ औं स्थापना  दिवस मनाएको हो ।


कार्यक्रममा नेकपा एमालले पाल्पाका प्रचार बिभाग प्रमुख दिपक बिकले प्रेस चौतारी नेपाल पत्रकारको हकहितका लागि अग्रपंक्तिमा रहने संस्था भएको भन्दै स्थापना दिवसको अवसरमा शुभकामना व्यक्तगर्नुभयो ।
यस्तै नेपाल पत्रकार महासंघका पाल्पाका अध्यक्ष तथा प्रेस चौतारी नेपालका प्रदेश सह ईन्चार्ज कमलराज तिमिल्सेनाले श्रमजीवी पत्रकारहरुको अग्रणी संगठन प्रेस चौतारी भएको बताउदै पत्रकारिताका माध्यबाट समाजको विकासमा सक्रिय भुमिका खेल्दै आएको बताउनु भएको छ । कार्यक्रममा प्रेस चौतारी नेपालका जिल्ला ईन्चार्ज मिलन बिक,प्रेस चौतारी नेपालका निवर्तमान जिल्ला अध्यक्ष राजेन्द्र लिगल,संस्थापक अध्यक्ष केशवराज नेपाल लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रम प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता र सचिव दयाराज न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0