दयाराज न्यौपाने
सिकाई आपूरण तथा दु्रत सिकाई योजना (रियल प्लान) कार्यक्रमअनुसार बगनासकालीमा पहिलो चरणको परीक्षा सकिएको छ । बगनासकाली गाउँपालिकामा नेपाल सरकारले पाइलोट प्रोजेक्टको रुपमा ल्याएको सिकाई आपुरण तथा दु्रत सिकाई योजना अर्थात रियल प्लान कार्यक्रमअनुसार आव ८१–८२ मा माघ २७ र २८ गते पहिलो चरणको परीक्षा गरिएको हो ।


कोभिड १९ पछिको सार्वजनिक शिक्षामा भएको क्षतिलाई आपुरण गर्न सघाउ पु¥याउन नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित कार्यक्रम रियल प्लानअनुसार पालिका भरिका ३७ वटा विद्यालयमा पहिलो चरणको परीक्षा गरिएको बगनासकाली गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनालले जानकारी दिनुभयो ।
केन्द्रबाट तोकिएको प्रश्नपत्रअनुसार सबै विद्यालयका कक्षा ३देखि ५ सम्मका विद्यार्थीलाई गणित र नेपाली र कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थीलाई नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयको परिक्षा लिइएको परिक्षा पश्चात ३५ प्रतिशत भन्दा कम अंक ल्याउने विद्यार्थीलाई रातो, ३५ देखि ५० प्रतिशत अंकमा निलो, ५० देखि ७० प्रतिशत अंकमा हरियो, ७० देखि ९० अंकमा सुन्तला रङ र ९० भन्दा माथिल्लो अंक ल्याउने विद्यार्थीलाई पहेलो रङको गु्रपमा विभाजन गरि सिकाई गरिने सिकाई आपूरण तथा दु्रत सिकाई योजना (रियल प्लान) का संयोजक नारायण तिमिल्सेनाले बताउनु भयो ।


यसप्रकारको सिकाईको लागि विद्यालयमा साथी सिकाई, टिउसन, कोचिङ जस्ता कक्षाहरु सञ्चाल गरि सिकाई उपलब्धि गरिने समेत बताउनु भयो ।


उहाँले चैत्र महिनामा दोस्रो चरणको परीक्षा सञ्चालन गरिने बताउनु भयो । सरकारले विसं २०७६ पछि कोभिड १९ लगायतका महामारी, संकट, प्रकोप आदि विभिन्न कारणबाट नियमित पठनपाठन हुन नसकेर भएको सिकाइको क्षति पत्ता लगाई आपूरण गर्न र विद्यार्थी सिकाइलाई अपेक्षित उपलब्धि प्राप्ति गर्न सिकाई आपूरण तथा द्रुत सिकाइ योजना (रियल प्लान) कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0