दयाराज न्यौपाने
फागुन ÷तानसेन नगरपालिका–९ मदनपोखरा तिन्टीआँपमा शनिवार कृषि मेला हुने भएको छ ।मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना र तानसेन नगरपालिका–९ वडा कार्यालयको प्रवद्र्धनमा तेस्रो कृषि मेला प्रदर्शनी हुने भएको हो। मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कृषि व्यवसाय कृषि उद्यम र कृषि पर्यटन प्रवद्र्धन गर्न मेला आयोजना गरिएको हो । कृषि उत्पादन बढाऔं, परनिर्भरताको अन्त्य गरौँ भन्ने नाराका साथ तिन्टीआँप खेल मैदानमा मेला हुन लागेको हो । मेलामा प्रतियोगात्मक कृषि बाली प्रदर्शनी, प्रतियोगितात्मक स्थानीय जातका बाख्रा, स्थानीय जातका कुखुरा, प्रदर्शनी,रैथाने बाली प्रदर्शनी,कृषि औजार प्रदर्शनी, बिउबिजन प्रदर्शनी, कृषि उद्यम अनुभव आदान–प्रदान हुने जनाइएको छ । मेलामा कृषि संग सम्बन्धीत ३५ वटा स्थल रहने मदनपोखरा संगम बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष घनश्याम घिमिरेलेले जानकारी दिनुभयो । मदनपोखरा क्षेत्र आफैमा कृषि उर्वर भूमि भएकाले यसको प्रचार–प्रसार र किसानलाई थप व्यसायिक बन्न उत्प्रेरणा जगाउन मेला आयोजना गरिएको संस्थाका अध्यक्ष घिमिरेले बताउनु भयो ।

किसानलाई आफै बिउबिजन उत्पादन गर्न सक्ने बनाउनु, उनीहरुलाई व्यवसायिक र उद्यमी बनाउँदै किसानहरुमा जागरण पैदा गर्ने, कृषि तथा कृषकमुखी नीति निर्माण तथा बजेटमा सरोकारवाला निकायको ध्यान आकर्षण गराउनु मेलाको मुख्य उद्देश्य रहेको तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले बताउनु भयो । उहाँले माटो बसाउने,माटोमै रमाउन सक्ने बनाउन र कृर्षकको महत्व दर्शाउन मेला सहयोगी हुने बताउनु भयो ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले मदनपाखरा पाल्पाकै नमूना कृषि उत्पादनको स्थान भएको उल्लेख गदै यहाँका किसानले गरेको मेहनत प्रससनीय रहेको बताउनु भएको छ । उहाँले मेला मार्फत किसानका कुरा थप समेट्न सहयोग पुग्ने विस्वास गदै संचार क्षेत्र सदैव सहयोगि बन्ने बताउनु भयो । मेलामा किसानले आफैँले बनाएका खानाका परिकार, किसानकै गीत, नाटक र नृत्य, कृषक समूहहरूको झाँकी ¥याली मेलाका आकर्षण सहित लोकगाएक खुमन अधिकारीको समेत प्रस्तुति रहने छ । सहकारीका उपाध्यक्ष सन्तोषकुमार अर्यालको स्वागत,सचिव बेदप्रसाद सुवेदीको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।





















