दयाराज न्यौपाने
पाल्पा फागुन ३ ÷ मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) पाल्पाको चौथो जिल्ला अधिवेशन शविवार तानसेनमा सम्पन्न भएको छ ।


अधिवेसनले रुद्र मस्राङ्गीको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्यसमितिकोगठन गरेको छ ।जसको उपाध्यक्षमा बिमला ज्ञवाली सचिव नेत्र गैरे, कोषाध्यक्ष अम्बिका पाठक रहनुभएको छ ।भने केन्द्रीय प्रतिनिधिमा भगवान भण्डारी र शान्ति पराजुली चयन हुनुभएको निर्वाचन समितिका संयोजक सन्तोष खनालले जानकारी दिनुभयो ।


अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य धनेन्द्रराज घिमिरेले मानवअधिकारका क्षेत्र व्यापक र फराकिलो भएको उल्लेख गदै हरेक दिन मानव अधिकार रक्षाका निमित्त भूमिका खेल्दै पछाडि परेका वर्गको उत्थान र विकासमा टेवा पु¥याउन भूमिका खेल्नु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष ओमबहादुर घर्ती मगर,प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन बिक, मानव अधिकार एलायन्सका केन्द्रीय सदस्य केशरी लोहनी, यादवराज शर्मा लगायतले यस संस्था मार्फत सामाजिक न्याय र शान्ति र स्वतन्त्रताको पक्ष निरन्तर लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।


फागुन महिना भित्रमा पालिकाहरुमा भेला गर्ने कार्ययोजना समेत रहेको यादवराज शर्माले जानकारी दिनु भयो । कार्यक्रम सचिव किरण कौशलको संचालन तथा उपाध्यक्ष मेहर सिं थापाको अध्यक्षतामा सम्पन भएको हो । नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाइ मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) केन्द्रीय सदस्य केशरी लोहनीले शपथग्रहण गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0