दयाराज न्यौपाने
पाल्पा फागुन ११÷ बगनासकाली गाउँपालिका भित्रका शिक्षकहरूका लागि एक दिने आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम दिएको छ । नेपाल नेत्रज्योति संघ तथा लायन्स लाकौल अस्पताल पाल्पाको आयोजना र बगनासकाली गाउँपालिकाको समन्वयमा तालिम संचालन भएको हो ।

विद्यालय शिक्षकहरूलाई स्वस्थ र अस्वस्थ आँखा छुट्टाउन सक्ने , अस्वस्थ पहिचान भएमा रिफर गर्न सक्ने र दृष्टि क्षमताको मापन गर्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले जानकारी दिनुभयो ।


तालिम उद्घटन समारोहमा बोल्दै प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले आँखा जस्तो महत्वपूर्ण अङ्ग सुरक्षा,अन्धोपन न्यूनिकरण गर्न लाकौल आँखा अस्पताले गरेको योगदान ज्यादै महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाँले सहभगीहरुलाइ सिकेका कुरा व्यवहारमै लागु गर्नु पर्नेमा समेत जोड दिनु भएको थियो । शिक्षकहरूका लागि तालिम महत्वपूर्ण हुने बताउदै आँखा मानव जिवनको अतिनै महत्वपूर्ण अङ्ग रहेको उल्लेख गर्नु भएको थियो ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल,शिक्षा शाखा प्रमुख गुनाराम खनाल, बालबैत्री फोकल प्रसन नारायण तिमिल्सेना, नेपाल नेत्रज्योति संघ पाल्पाका सचिव राजेन्द्र लिगल लगायतले तालिमले राम्रो सन्देश प्रदान गर्ने बताउनु भएको थियो ।


बगनासकाली गाउँपालिका भित्रका ४० जना शिक्षकहरुको सहभागीता रहेको तालिममा प्रमुख प्रशिक्षक आँखा अस्पताल पाल्पाका कार्यक्रम संयोजक सन्तोष दर्जीले स्वस्थ आँखा, आँखाको हेरचाह, आँखामा लाग्ने प्रमुख रोग, त्यसको उपचार आँखामा रोग लागेपछि ध्यानदिनुपर्ने कुरा लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । नेपाल नेत्रज्योति संघ पाल्पाका अध्यक्ष बुद्धिप्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0