दयाराज न्यौपाने
बगनासकाली गाउँपालिकामा सोमबार देखि नि शुल्क आँखा शिविर सुरु भएको छ । ग्राम्य मावी बगनासकाली १ बाट शिबिरको सुरुवात भएको हो ।
शिविरमा आखाको रोगको स्कृनिङ्ग गर्ने, उपचार गर्ने गरि आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले जानकारी दिनु भयो । बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले गाउँपालिका भित्रका १० वटा माध्यमिक विधालयमा यहीँ फागुन २७ गते सम्म शिबिर चल्ने जानकारी दिनुभयो । उहाँले आँखामा लाग्ने रोगका बारेमा समेत सचेतता जगाउन लागि परेको बताउनु भयो ।

शिविरको उद्घाटन गर्नु हुँदै बगनासकाली गाउँपालिकाका कार्यवाहक अध्यक्ष हरिप्रसाद पाठकले आँखाको उपचार गर्ने अस्पताल पुग्न नसक्ने जनताका लागि सिबिर आयोजना भएको उल्लेख गर्दै शिविरको फाइदा लिन आग्रह गर्नु भयो ।

बगनासकाली गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ पाल्पा तथा लायन्स लाकौल आँखा अस्पतालको प्राबिधिक सहयोगमा संचालित निःशुल्क आँखा शिविरको पहिलो दिन सोमबार ४ सय ६४ जनाले आँखाको परीक्षण गराएका छन्। जस्मा १ सय ६७ जनालाइ औषधी र चस्मा वितरण गरिएको थियो । भने ५ जनामा मोतिबिन्दु देखापरेको र उनीहरुलाई शल्यक्रियाका लागि रेफर गरिएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिनु भयो ।

शिविरमा लायन्स लाकौल अस्पतालका नेत्र अधिकृत सायरा बेगम लाकौल आँखा अस्पतालका प्राबिधिक मीनबहादुर कार्की, सम्भु आचार्य लगायतको टोलिले उपचार गरिरहनु भएको छ ।

शिबिर वडा नम्बर १ का वडाध्यक्ष शेर बहादुर चिदीको अध्यक्षता र स्वास्थ्य शाखाका नोदप्रसाद बस्यालको संचालनमा समारोह चलेको थियो ।





















