दयाराज न्यौपाने
पाल्पा १४ फागुन -४३ औँ मगर एकता दिवस बगनासकाली गाउँपालिका बिहिवार( भोली) बिबिध कार्यक्रम गरि मनाउने भएको छ ।

आदिवासी जनजाति समन्वय समितिको आयोजना र नेपाल मगर संघ बगनासकालीको सह–आयोजनामा चिलाङ्दी खेलमैदानमा दिवस मनाउन लागिएको हो । कार्यक्रमका अवसरमा पुरुष तर्फ वार्ड स्तरीय डोरी तान्ने खेल, महिला तर्फ वार्ड स्तरीय वेलुन डान्स, स्थानीय झ्याउरे गीत,कौरा नृत्य, ठूलो नाच,पाङ्दुरे नाच सहित राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने समितिका सचिव दिलिप गाहाले बताउनु भयो ।

आदिवासी जनजाति समन्वय समिति बगनासकालीका अध्यक्ष गणबहादुर बुढाथोकीले मगरको इतिहास, भाषा, धर्म, कला, संस्कार, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने सहयोग पुग्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनु भयो । सो दिन गाउँपालिका भर सार्वजनिक विदा समेत रहेको प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले बताउनु भयो । प्रतेक वर्ष फागुन १५ गते मगर एकता दिवस मनाउने गरिएको छ ।





















