दयाराज न्यौपाने
पाल्पा फागुन १५÷ लुम्बिनी प्रदेशका उप —सभामुख मेनका खाड् केसीले चापपानीमा अवस्थित शिवालय मन्दिरको नवनिर्मित दुइ कोठे भवनको बुघबार उद्घाटन गर्नुभएको छ ।


जन्मगाउँ पाल्पाको बगनासकाली ९ चापपानी फुक्टुङ्गमा रहेको उक्त मन्दिरमा निर्माण भएको २ कोठे भवन सहित सम्पाउण्ड र चौपारीको उप—सभामुखले रिबन काटेर उद्घाटन गर्नुभएको हो । मेनुका खाड्को पहलमा रकम परेको समितिका सचिव भेषराज तिमिल्सिनाले जानकारी दिनुभयो ।


भवन उद्घाटन गर्दै उप सभामुख खाड्ले ‘संसारभर रहेका हिन्दू धर्मावलम्बीहरूका लागि मन्दिरले ठूलो धार्मिक तथा सांस्कृतिक महत्व राख्ने बताउदै यस क्षेत्रको अवको विकास धार्मीक पर्यटन हुने बताउनु भयो ।

बगनासकाली गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष हरिप्रसाद पाठकले विकास निमार्णले गतिलिन थालेको बताउदै यसमा सहयोग गर्ने सबैलाइ आग्रह गर्नुभयो ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद बस्याल, वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रकाश गैरे,वडा सदस्य कृष्ण भुसाल,निमार्ण व्यवसायी दिपक थापा,उपाध्यक्ष लक्ष्मी कनौजे,नेकपा एमालेका वडा कमिटी अध्यक्ष थमन सिं झेडी, शिक्षक बुद्धबहादुर मल्ल लगायतले विकासलाइ समआनुकुल बनाउन आग्रह गनुभयो ।


लुम्बिनी प्रदेश सरकार,बगनासकाली गाउँपालिका र स्थानीयको सहयोगमा निर्मित उक्त हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा रु.२० लाख प्रदेश सरकार, बगनासकाली गाउँपालिकाले २ लाख ८० हजार र स्थानीयले ६ लाख लगानी गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समीता मल्लका अनुसार गाउँमा भजन कृतन सहित कार्यक्रम भेला बैठक गर्ने समस्या भएपछि उप सभामुखलाइ बजेटको पहल गरिदिन आग्रह गरेको थियो ।


कार्यक्रममा भवन निमार्णमा सहयोग पु¥याएको भन्दै उप सभामुख मेनका खाड्,गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद बस्याल,उपाध्यक्ष हरिप्रसाद पाठक, निमार्ण व्यवसायी दीपक थापा,दाताराम तिमिल्सिना लगायतलाइ सम्मान पत्र र दोसल्ला ओडाइ सम्मान गरिएको थियो । कार्यक्रममा पन्चेबाजा सहित धार्मीक कार्यक्रम समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0