दयाराज न्यौपाने
पाल्पा । बगनासकाली गाउँपालिका वडा नम्बर ८ बराङ्दीमा संचालन भएको श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको खर्च सार्वजनिक गरिएको छ । मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यसहित शेषनागको प्रतिमा र सभाहल निर्माणका लागि आयोजित महायज्ञबाट ४० लाख १ सय ९ रुपैयाँ संकलन भएको छ ।


सिद्धबाबा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिको आयोजनामा गत माघ १ गतेदेखि माघ ९ गतेसम्म संचालित महायज्ञमा कुल ६ सय १५ जना दानदाताबाट सो रकम संकलन भएको शनिवार सिद्धबाबा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समिति तथा महायज्ञ मूल आयोजक समितिले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
पत्रकार सम्मेलन गरेर ४० लाख १ सय ९ रुपैयाँ संकलन भएको मुल आयोजक समितिका महासचिव जीवलाल बस्यालले जानकारी दिनुभयो ।उहाँका अनुसार महायज्ञमा विभिन्न १२ शीर्षकमा २४ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ । जसमा सबैभन्दा धेरै सहजीकरण गर्ने संस्था “हाम्रो समन क्याम्प”लाइ १६ लाख पण्डित दक्षिणा १ लाख ६२ हजार खर्च भएको छ भने पूजा सामग्री ५० हजार यातायात र माइकीङ्ग ८० हजार,खाना व्यवस्थापन १ लाख र प्रचारप्रसारमा १६ हजार रुपैयाँलगायत आवश्यक शीर्षकमा खर्च भएको समितिका महासचिव जीवलाल बस्यालले जानकारी गराउनुभयो ।

महायज्ञमा संकलित आम्दानीबाट सबै खर्च कटाएर १८ लाख ५५ हजार २४ रुपैयाँ वचत भएको पनि सो अवसरमा जानकारी गराईएको छ । सो रकम मन्दिर व्यवस्थापन समितिको बैंक खातामा दाखिला गरिएको पनि उहाँले बताउनुभयो । महायज्ञ मुल समारोह समिति संयोजक गणेशप्रसाद बस्यालले मन्दिरको महत्व जनमानस तथा भक्तजनमा पु¥याउन समय समयमा महायज्ञ चलाउन आवश्यक रहेको बताउनु भयो ।

सिद्धबाबा मन्दिरको प्रचार प्रसार गर्न र यसको धार्मिक, सांस्कृतिक महत्व बारे जानकारी गराउँदै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ संचालित महायज्ञबाट उठेको रकमबाट अब तत्कालै काम थालनी हुने सिद्धबाबा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिका अध्यक्ष मोहन अर्याललले बताउनु भयो । पत्रकार सम्मेलनमा वडा अध्यक्ष मोतिलाल बस्यालले शिद्धबाबा मन्दिरको विकासका लागि वडा र पालिकाका तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । मन्दिरको गरिमालाई माथि उठाउन सबै जुटेर अघि बढ्न पनि अपिल गर्नुभयो ।


पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सेनाले खर्च सार्वजनिक गर्ने कार्यले संस्थाको पारदर्शीता झल्कने बताउदै खर्च सार्वजनिक गर्नुले शुसासनमा टेवा पुग्ने विस्वास व्यक्त गर्नुभयो । उहाँले भन्नु भयो हरेक संस्थाले यस्तो गर्ने आवस्यक हुन्छ । अध्यक्ष तिमिल्सेनाले वचत रकमबाट तोकीएको काम समयमै सम्पन्न गरि यस क्षेत्रलाइ पर्यटकीय एवं धार्मिक स्थलको रुपमा विकास गदै धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने बताउनु भयो ।


पत्रकार सम्मेलनमा वडाका जनप्रतिनिधि,मन्दिर व्यवस्थापन समिति पदाधिकारी, महायज्ञ समिति सदस्य,पत्रकार, स्थानीय समाजसेवीहरुको पनि उपस्थिति थियो । महायज्ञ सफल बनाउन सहयोग गर्ने सबैलाई मन्दिर व्यवस्थापन समिति एवं महायज्ञ मुल समारोह समितिले आभार प्रकट गरेको छ । सोही अवसरमा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष सहित सहभागी पत्रकारहरुलाइ मायाको चिनो र दोसल्ला ओडाइ सम्मान समेत गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0