दयाराज न्यौपाने
पाल्पा २३ फागुन । ब्यवहारिक ज्ञान र सिप बढाउन बगनासकाली गाउँपालिका ८ बराङ्दी स्थित कालीगण्डकी बोर्डिङ स्कुलमा बिद्यार्थीहरुले खाना महोत्सव गरेका छन । सधै जसो लेख्न पढन र खेल्न मै समय ब्यक्ति गर्ने उनीहरुले विद्यालयमा खानाका बिभिन्न परिकार बनाई महोत्सव गरेका हुन । महोत्सव अन्र्गत बोडिङमा कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुले खानाको बिभन्नि परिकार बनाई प्रर्दशन गरेका हुन ।

बोडिङ स्कुलका प्रिन्सीपल गणेशप्रसाद बस्यालले गत बर्ष दुना टपरी सिकाउने काम गरेको र । यस बर्ष खाना महोत्सव गरिएको बताउनु भयो । उहाँले बिद्याथीहरुलाई सिप, सामुहिकता र व्यवस्थापनको ज्ञान दिन यो कार्यक्रम गरिएको बताउनु भयो । उहाँले घरमा आफ्ना आमा बुवालाई समेत सघाउने गरी पाक शिक्षा तर्फ समेत अग्रसर रहन यो कार्यक्रमले भुमिका खेल्ने बताउनु भयो ।


पढाईसंगै अतिरिक्त क्रियाकलाप अन्तर्गत खाना महोत्सव गरिएको विद्यालयका संचालक खुमलाल पाठक (अर्जुन)ले बताउनु भयो । उहाँले बालबालिकाहरुलाइ व्यवहारीक ज्ञान प्रदान गराउन समेत आयोजना गरिएको बताउनु भयो । उहाँले कार्यक्रममा शैक्षिक प्रदर्शनी गरेको जानकारी दिनुभयो ।
महोत्सवमा पाल्पाको प्रख्यायात चुकाउनी,सेल रोटी,बटुक,खीर लगायतका परिकारहरु पकाएर प्रर्दशन गरेका थिए । आवश्यक पर्ने भाडा कुडा, सामाग्रीहरु आफै व्यवस्थापन गरेका थिए । बिद्यार्थीहरु मिलेर बिभिन्न परिकारहरु पकाएर अतिथी, अभिभावक,विद्यालयका शिक्षकहरुलाई परिकारका स्वाद समेत चखाएका थिए । बिद्यार्थीहरुले सबै परिकारहरु मीठो बनाएका छन, खादा आनन्द आयो अभिभावक संघ सदस्य शरिता न्यौपानेले भन्नु भयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बामदेव बस्यालले बिद्यालयमा आगामी दिनहरुमा यस्ता व्यवहारिक र सीपमुलका कार्यक्रम समते संचालन गदै जाने कार्यक्रम रहेको समेत बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0