दयाराज न्यौपाने
पाल्पा– जिल्लाको बगनासकाली गाउँपालिकामा ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा शनिवार विविध कार्यक्रम गरि भव्यताका साथ मनाइएको छ । बगनासकाली गाउँपालिका वडा नंम्बर ७ र ८ को संयुक्त आयोजनामा बराङ्दीको देउरालीमा कार्यक्रम आयोजना भएको हो । ’सबै महिला तथा बालिकाको लागि अधिकार,समानता र सशक्तिकरण’ भन्ने मुल नाराका साथ यस वर्षको दिवस मनाइएको हो । सोही अवसरमा कुर्सि दौड प्रतियोगिता र डोरी तान्ने प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
कुर्सि दौड प्रतियोगितामा बगनासकाली ७ की कुमारी बुढाथोकी प्रथम, बराङ्दीकी कृष्णकुमारी बस्याल द्दितिय र बराङ्दीकै सेनिसा बस्यालले तृतिय स्थान प्राप्त गर्न सफल हुनुभयो भने डोरी तान्ने प्रतियोगितामा बराङ्दीकी सीता बस्यालको समूह उत्कृष्ट भयो । विजेतालाइ नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका उपाअध्यक्ष हरिप्रसाद पाठकले नारी बिना कसैको अस्तित्व नरहेको जनाउदै सम्पुर्ण नारीहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले महिलाहरुले गरेको नेतृत्व सफल हुने गरेको उल्लेख गदै नारी समाजको अग्रज भएको धारणा राख्नु भएको थियो । कार्यक्रममा बगानसकाली गाउँपालिका वडा नं ८ का वडाध्यक्ष मोतिलाल बस्याल,७ का वडाध्यक्ष गणबहादुर बुढाथोकी,नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सेना,कार्यपालिका सदस्य उमकला न्यौपाने,देवका बस्याल लगायतले नारीहरू कुनै पनि क्षेत्रमा कमजोर नभएको, अवसर पाएँ जस्तोसुकै काम गर्न सक्ने क्षमता नारीहरूमा रहेको बताउनुभयो ।
गाउँपालिका स्तरीय महिला समन्वय समितिका सचिव बिमला बस्यालले कार्यक्रमलाई सभ्य भव्य रुपमा सफल बनाउन स्वस्फूर्त उपस्थिती तथा खेलकुदमा सहभागिता जनाउनुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी कर्मचारी तथा महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम सीता भट्टराइको अध्यक्षतामा चलेको थियो ।























