दयाराज न्यौपाने
पाल्पा चैत ३ नेकपा एमाले निकट पत्रकारहरको संगठन प्रेस चौतारी नेपाल पाल्पा शाखाको नवनिर्वाचित कार्य समितिको पदस्थापना तथा प्रथम पूर्ण बैठक तानसेनमा सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले पत्रकार र पत्रकारहरुको संस्था सदैव चलायमान र गतिशिल हुनुपर्नेमा जोड दिनुभएको हो । मन्त्री सारुले पत्रकारहरुले राम्रो काम जनतामा पु¥याउन र गल्ती कमजोरी गर्दा खबरदारी गर्नुपर्ने बताउनु भएको छ । उहाँले सत्तामा रहेका जनप्रतिनिधिहरुबाट हुन सक्ने अनियमितता र आम नागरिकको जीवनस्तर बाहिर ल्याउने काम सञ्चारमाध्यमले गर्नुपर्ने बताउनुभयो । उहाँले नीति निर्माण तहमा रहेकाहरुलाई समेत सुझाव दिने गरि सञ्चारमाध्यमहरुले लेख, रचना ल्याउनुपर्नेमा जोडदिनुभएको थियो ।
मन्त्री सारुले पछिल्लो पुस्ता नेतृत्व विकासमा चुकेको भन्दै पत्रकार र नयाँ पुस्ताको क्षमता विकास गर्न प्रेस चौतारी नेपालले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा नेकपा एमाले पाल्पा सदस्य तथा प्रेस चौतारीका ईन्चार्ज राजेशकुमार अर्याल, पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष मेघराज शर्मा, पुर्व अध्यक्षहरु गोविन्द भट्टराई, रेखीराम राना, पत्रकार महासंघ पाल्पाका अध्यक्ष, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश सह —इन्चार्ज कमलराज तिमिल्सेना, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विक,विवर्तमान अध्यक्ष राजेन्द्र लिगल लगाएतले पाल्पाको स्थानीय मिडियाहरु संकटमा रहेको बताउनुभएको थियो । मुलधारको राजनीतिमा रहेका व्यक्तिहरुले पत्रकारिता नबुझेको कारणले मिडिया समस्यामा रहेको उहाँहरुको भनाई थियो । प्रथम बैठकले आगामी चैत्र १० देखि १२ सम्म बिराटनगरमा हुने केन्द्रीय महाधिवेसननलाइ सफलबनाउन लागि पर्ने, भित्तेपात्रो प्रकाशन गर्ने, र आगामी दिनमा पत्रकारहरुका क्षमता विकास र मिडिया हाउसलाइ सवल बनाउन विभिन्न कार्ययोजना निमार्ण गरि काम गर्ने निर्णय भएको प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0