दयाराज न्यौपाने
पाल्पा चैत ३ – बगनासकाली गाउँपालिकामा घर भै तानसेन स्थित त्रिभुवन बहुमुखी क्याम्पसमा  अध्ययन गर्ने बिद्यार्थीहरुको भेला तानसेनमा सम्पन्न भएको छ । नेकपा एमाले बगनासकाली गाउँ कमिटी र अनेरास्ववियु पालिका कमिटीको संयुक्त आयोजनामा त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीको भेला सम्पन्न भएको हो ।


भेलालाई सम्बोधन गर्नु हुँदै नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले शैक्षिक रुपमा लामो इतिहास बोकेको क्याम्पसमा ३० वर्षेको अन्तरालमा महिला उमेदवार पाएको बताउदै अनुजाको टीमलाइ जिताउने दायित्व सबैको रहने बताउनुभएको हो । उहाँले अनेरास्ववियु बिद्यार्थीहरुको हकहितमा लामो समय देखि लागेको संगठन भएको समेत उल्लेख गर्नुभएको थियो ।


नेकपा एमाले बगनासकाली गाउँ कमिटीका अध्यक्ष डेन्जिङ् रायमाझीका अनुसार बगनासकाली गाउँपालिका भित्र घर भै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा अध्ययनरत बिद्यार्थीहरुको भेला गरिएको बताउनु भयो । भेलामा करिव २ सय जना ५० भन्दा बढी बिद्यार्थीहरुको सहभागिताका रहेको थियो ।
अनेरास्ववियुको जितको नजिक रहेको र सबैलाई गोलबन्द भएर लाग्न नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य टीकाबहादुर थापाले बताउनु भयो ।अनेरास्ववियु पाल्पाले अनुजा अर्यालको टीमलाइ अघि सारेको छ । बिद्यार्थी भेलामा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक,वडाध्यक्षहरु,अखिलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
1