दयाराज न्यौपाने
पाल्पा । तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलाई लक्षित गरी आयोजना गर्न लागिएको दोस्रो तानसेन महोत्सवको तयारी पूरा भएको छ । आज देखि हुने महोत्सव बारेमा पत्रकार सम्मेलन गरी बिहिवार जानकारी गराइएको हो ।

कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवर्धन गर्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान हुने र पछिल्लो समय सुस्त भएकको तानसेनको व्यापारलाई चहलपहल गराउदै आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुने लक्ष्य राखिएको पाल्पा व्यापार संघका अध्यक्ष बिष्णु बहादुर कार्कीले बताउनु भयो । उहाँले धरासय भएको उद्योग, व्यवसाय र पर्यटन क्षेत्रलाई माथि उकास्न यस वर्षको महोत्सवले महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको समेत बताउनु भयो ।


पत्रकार सम्मेलनमा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले पाल्पाको समग्र विकासमा मेला फलदायी हुनेमा आशावादी रहेको बताउनु भएको छ ।उहाँले पाल्पाली पत्रकारहरुले सदैव पाल्पाको विकासमा एकताका साथ लागि परेको समेत बताउनु भएको छ ।


महोत्सवमा तीन सय स्टल रहने जसमध्ये ३० वटा कृषि, पशु, घरेलु उद्योगबाट उत्पादित वस्तुको निःशुल्क स्टल रहने छ मेलाको उद्घाटन संघीय स्वास्थ्यमन्त्री प्रदिप पौडेलले गर्नुहुने प्रेस संयोजक दयाराज न्यौपानेले जानकारी दिनुभयो ।
तानसेन नगरपालिकाको मुख्य आयोजना रहेको मेलाको एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि चितवनको व्यवस्थापनमा महोत्सव हुन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0