दयाराज न्यौपाने

ताानसेन – पाल्पाको तानसेनमा कृषि, व्यापार तथा पर्यटन महोत्सव तानसेन टुडिखेल खेल मैदानमा जारी मेलाको दोस्रो दिन भव्य रुपमा सम्पन्न भएको छ । दोस्रो दिन ८ हजार बढी अवलोकनकर्ताले मेला अवलोकन गरको र २० लाख बढीको कारोबार भएको पाल्पा व्यापार संघका अध्यक्ष बिष्णु बहादुर कार्कीले जानकारी दिनु भयो ।


तानसेन नगरपालिकाको मुख्य आयोजना र पाल्पा व्यापार संघको आयोजनामा शुक्रबार देखि सुरु भएको मेलामा बरिष्ठ कलाकार नारायण रायमाझी, राष्ट्रियकलाकाहरु अलिफ खान ,एन्जिला रेग्मी लगायत स्थानीय कलाकारहरको प्रस्तुती रहेका थियो । बैशाख ३ गते सम्म चल्ने मेलामा ५ लाख बढीले अवलोकन गर्ने र ८ करोडको कारोबार हुने लक्ष्य लिएको पाल्पा व्यापार संघका महासचिव तुलबहादुर अधिकारीले जानकारी दिनु भयो ।


मेलामा अवलोकनकर्ताले फिस टेनेलमा सबभन्दा बढी आकर्षण रहेको थियो भने त्यही मात्रामा बाल उधानमा समेत चाप रहेको छ । मेलामा ३०० वटा विभिन्न स्टलहरू रहेका छन् ।


तेस्रो दिन राष्ट्रिय कलाकार हेमन्त शर्मा, शान्ता रानी परियार सहित स्थानीय कलाकारको प्रस्तुति रहने छ । सास्कृतिक कार्यक्रम सास्कृतिक संयोज बिन्दु थापा निहारिका र माधव जोनले सास्कृतिक कार्यक्रम संचालन गर्नु भएको थियो । महोत्सवको व्यवस्थापन एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रा लि चितवनले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0