दयाराज न्यौपाने
पाल्पा २७ चैत – बगनासकाली गाउँपालिकाले बिपद्का सामग्री नेपाल प्रहरीलाइ सहयोग गरेको छ । हरेक दिन केहि न केहि बिपद् आइ लागिरहन्छ त्यसको रोकथामका लागि पालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको हो ।


बगनासकाली गाउँपालिका भित्र रहेका गाप्टुङ प्रहरी चौकी, राम्दी प्रहरी चोक,आर्यभज्याङ बर्तुङ प्रहरी चौकी,रानीमहल प्रहरी चौकी ५गरि बटा प्रहरी चौकीलाई बिपद् व्यवस्थापनका लागि आवश्यक सामग्री प्रदान गरेको पालिका अध्यक्ष सरस्वती चिदीले बताउनु भयो । हिउदको समय कायम रहेको र वर्खा समेत नजिक रहेको बेला यसबाट हुने जोखिम कायमै रहेकाले उद्धारमा खटिने प्रहरीलाई आवश्यक पर्ने सामग्री दिएको अध्यक्ष चिदीको भनाइ छ ।
पालिकाको बिभिन्न भूभाग जंगल रहेको,खोला नाला नदी क्षेत्र समेत पर्ने जतिबेला पनि बिपद् आउन सक्ने भएकोले बिपद् व्यवस्थापनको लागि सहयोग पुगोस भन्ने हेतुले प्रहरी चौकीलाई लाइभ ज्याकेट,थान, डोरी तथा पहिरो पन्छयाउन आवश्यक सामग्रीहरु प्रदान गरिएको उपाध्यक्ष हरिप्रसाद पाठकले जानकारी दिनुभयो ।


पालिकाले तत्काल उद्धारमा खटिने प्रहरी चौकीमा आवश्यक सामाग्री नहँुदा उद्धार असहज हुँने भएकाले प्रहरीलाई उक्त सामग्रीहरु दिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले बताउनुभयो । आगलागी,बाढीपहिरो जोखिम रहेका वस्तीहरुमा हरेक वडाका जनप्रतिनिधिहरुलाई खटाइनुको साथै नागरिक तथा जनप्रतिनिधिलाई सचेत बनाइएको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0